तस्बिर सौजन्य कटारी अस्पत्तालको फेसबुक ।
जन्ताभ्वाईस सम्बाददाता
१९ मंसिर , सोमबार , २०७९
कटारी / कटारीमा पनि १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवश आज मनाईएको छ । कटारी अस्पत्तालले स्वयंसेविकाहरुलाई सम्मान गर्दै दिवश मनाएको हो ।
“महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवर्द्धनमा हाम्रो ऐक्यबद्धता” भन्ने नाराका साथ दिवश मनाईएको हो । दिवशको अवसरमा अस्पत्तालसँग सम्बन्धित स्वयंसेविकाहरुलाई अस्पत्ताका प्रमुख मेडिकल सुपरिडेन्टेड डा.गौरव साहले खादा ओढाएर सम्मान गर्नुभएको थियो ।
एक कार्यक्रमकावीच सम्मान गर्दै डा.साहले अस्पत्तालले महिला स्वास्थ्य स्वयंसेविकाहरु लाई सेवाको उच्च मुल्याङ्कनका साथ सम्मान गरेको बताउनुभयो । अस्पत्तालका सुचना अधिकारी नविन वस्नेतका अनुसार कटारी अस्पत्ताल अन्र्तगत ११ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु रहेका छन् ।


जनता भ्वाइस 







