जन्ताभ्वाईस सम्बाददाता
१८ मंसिर , आईतबार , २०७९
कटारी / सम्पन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सितोरिया कराते तर्पm रजतपदक विजेता कटारी ४ की गायत्री वलम्पाकी मगरलाई सम्मान गरिएको छ । प्रगति डोजो कटारीले एक कार्यक्रमको आयोजना गरी मगरलाई सम्मान गरेको हो ।
आज कटारीको कभर्ड हलमा सम्पन्न सम्मान कार्यक्रममा कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ , कटारी ३ का वडाध्यक्ष पुष्कर खड्का , खेलकुद विकास समितिका अध्यक्ष दिपक लामा लगायतले माला तथा खादा ओढाएर मगरलाई सम्मान गरेका थिए । सम्मान कार्यक्रममा वोल्दै मेयर श्रेष्ठले नगरले भव्य कार्यक्रम गरी सम्मान गर्ने तयारी गरेको बताउनुभयो । ‘नगद सहित सम्मान गर्ने गरी तयारी गरेका छौं , अहिले समय अनुकुल नभएर मात्रै हो ।’श्रेष्ठले भन्नुभयो –‘खेलाडीहरु अनुशासित भएर खेल्नुपर्छ नगरले भविष्य सम्म सहयोग गर्छ ।’
आफु पनि पूर्व कराते खेलाडी र प्रशिक्षक भएको स्मरण गर्दै मेयर श्रेष्ठले कटारीलाई चिनाउन प्रयासरत खेलाडीहरुलाई सम्मान गरिने बताउनुभयो । त्यसैगरी वडाध्यक्ष खड्काले यो पदकले कटारीको खेलकुदलाई एककदम अघि बढेको महशुस भएको बताउनुभयो ।
यस्तो पदकले थप अन्य खेलाडीहरुलाई पनि हौसला मिल्ने खड्काले बताउनुभयो । प्रशिक्षक चरि लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा खेलाडीहरुले आप्mनौ कौशल समेत प्रस्तुत गरेको व्यवस्थापक निशान राईले बताउनुभयो ।


जनता भ्वाइस 








