images
images

प्रकृति जोगाउन जनचेतनामूलक कार्यक्रम

जन्ताभ्वाईस सम्बाददाता
१६ मंसिर , शुक्रबार , २०७९
कटारी / कटारीको भूगोलपार्कमा वन विज्ञान क्याम्पस कटारीका विद्यार्थीहरुले वन सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेका छन् । आज क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको संस्था हरित वातावरण सिर्जना संस्था (जिआरई) नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकृतिको संरक्षण गर्दै वन जोगाउनुपर्छ भन्ने शन्देस दिने संवादविहिन प्रस्तुतीका साथमा विद्यार्थीहरुले चेतना पैmलाएका हुन् । रुख विरुवा नगरौं नाश , गाह्रो हुन्छ लिनलाई स्वास , पानी छ , त्यसैले भोली छ , प्लाष्टिक हटाऔं दुनिया बचायौं लगायतका शन्देस दिने कार्यक्रम गरिएको विद्यार्थी करुणा शर्माले बताईन् ।
विद्यार्थीहरुले वन र प्रकृति जोगाउने शन्देस मुलक एकहप्ते कार्यक्रमको आयोजना गर्ने तयारी गरेका छन् ।‘साताव्यापी चेतनामूलक कार्यक्रमको तयारी गरेका छौं ।’कार्यक्रम संयोजक प्रकाश महताराले भने –‘अहिलेको कार्यक्रमबाट सहयोग संकलन गर्छौं सोही सहयोगबाट कार्यक्रमको आयोजना गर्नेछौं ।’
यस क्षेत्रमा वन विज्ञान क्याम्पस स्थापनापछी विद्यार्थीहरुको पहलमा चेतनामूलक कार्यक्रमहरु नियमित हुने गरेका छन् । कार्यक्रम सफल पार्न सवैलाई सहयोग गर्न समेत विद्यार्थीहरुले आग्रह गरेका छन् ।