जन्ताभ्वाईस सम्बाददाता
मंसिर , ११ आईतबार , २०७९
कटारी /मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पराजित स्वतन्त्र उमेद्वार रामकुमार राईले विजयी उमेद्वारसँग आर्थिक लाभ लिएको हल्ला कपोलकल्पित र निराधार भएको भन्दै ध्यानाकर्षण गराउनुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै उदयपुरको क्षेत्र नम्बर २ को प्रतिनिधि सभाको निर्वाचनको परिणाम स्विकार्दै अधिकतम् प्रयास गर्दागर्दै पराजित भएको व्यहोरा जानकारी गराउनुभएको छ ।
यसवीचमा अराजक समूह ,व्यक्तिले अफवाह पैmलाएको भन्दै राईले आपत्ति जनाउनुभएको छ । व्यक्तिगत चरित्रमाथि आँच र दख्खल पुराउने यस्ता हल्लाप्रति राईले आपत्ति समेत जनाउनुभएको छ । यस्ता आरोप निराधार र झुटा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
परिणाम अनुसार यस क्षेत्रमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी हुनुभएको थियो । रायमाझीले १५ हजार २ सय ५१ मत ल्याएर विजयी हासिल गर्दा निकटतम् प्रतिष्पर्धि सत्तागठबन्धनका उमेद्वार एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८ सय ९३ मत ल्याउनुभयो । त्यसैगरी स्वतन्त्र उमेद्वार रामकुमार राई १० हजार ३ सय मत ल्याउँदै तेस्रो हुनुभएको थियो ।


जनता भ्वाइस 







