जन्ताभ्वाईस सम्बाददाता
मंसिर , ९ शुक्रबार , २०७९
कटारी /उदयपुरको क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा नेपाली काँग्रेसका हिमाल कार्की निर्वाचित हुनुभएको छ । आज साँझ सम्पन्न मतगणना अनुसार कार्कीले निकटतम् प्रतिष्पर्धि एमालेका ईश्वरमणी राउतलाई २ सय १५ मतान्तरले पराजित गर्नुभएको हो ।
विजयी कार्कीले १४ हजार ९ सय ७९ मत पाउँदा राउतले १४ हजार ७ सय ६४मत पाउनुभयो । त्यसैगरी २ हजार ९सय १० मत पाउँदै राप्रपाका ज्ञानबहादुर राईले तेस्रो स्थान हासिल गर्नुभयो । यस प्रदेशसभामा ३७ हजार ६ सय ८५ मत खसेको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस प्रदेससभामा १२ जनाले प्रतिष्पर्धा गरेका थिए । यस प्रदेशसभामा १ हजार ४ सय ५३ मत बदरहुँदा ३७ हजार २ सय ६७ मत गणना भएको हो ।
कार्की २०७४ मा पनि निर्वाचित भएको थियो । कार्कीले त्यतिवेला वामगठबन्धनबाट उमेद्वार बनेका माओवादी केन्द्रका रामबहादुर थापा मगरलाई पराजित गर्नुभएको थियो । त्यतिवेला मगरलाई कार्कीले १ हजार ५ सय ९८ मतान्तरले पराजित गर्नुभएको थियो ।
यसपटक सत्तागठबन्धनबाट उमेद्वार बनेका कार्की प्रदेश १ सरकारका सडक पूर्वाधार तथा शहरी विकास मन्त्री समेत हुनुहुन्छ ।कार्की काँग्रेसका उदयपुर जिल्ला सभापति समेत हुनुहुन्छ ।
प्रत्यक्ष तर्पm प्रतिनिधि सभाको परिणाम मात्रै बाँकी
२ निर्वाचन क्षेत्र रहेको उदयपुरमा अव प्रत्यक्ष निर्वाचित तर्पm क्षेत्र नम्बर १ को प्रतिनिधि सभा तर्पmको मात्रै नतिजा आउन बाँकी छ । यस प्रतिनिधि सभा तर्पm सत्तागठबन्धनबाट नेपाली काँगे्रेसका डा.नारायण खड्काको अग्रता कायम छ । खड्काले पछिल्लो परिणाम अनुसार १८ हजार ७ सय ७७ मत ल्याएका छन् भने निकटतम् प्रतिष्पर्धि एमालेकी मञ्जुकुमारी चौधरीको १६ हजार ८ सय ६१ मत छ ।
यस अघि आज विहान यसै क्षेत्रको प्रदेश सभा १ मा गठबन्धनकै उमेद्वार माओवादी केन्द्रका राजन किराती निर्वाचित भइसक्नुभएको छ । किरातीले एमालेका कुशलबाबु वस्नेतलाई पराजित गर्नुभएको हो । किरातीले १५ हजार ९२ मत ल्याउँदा वस्नेतले १३ हजार ८ सय ४९ मत मात्रै पाउनुभयो ।
त्यसैगरी यसै जिल्लाको क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा तर्पm एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित हुँदा प्रदेस सभा १ मा माओवादीका नारायण बुर्जा मगर र २ मा काँग्रेसका रामकुमार खत्री निर्वाचित भईसकेका छन् । जिल्लाको दुई नम्बर क्षेत्रमा भने अहिले समानुपातिक तर्पmको मतगणना भईरहेको छ ।


जनता भ्वाइस 







