images
images

च्याँगामा जलवायु परिवर्तन सम्बन्धि एकदिने कार्यक्रम सम्पन्न

जन्ताभ्वाईस सम्बाददाता
मंसिर , ८ विहिबार , २०७९
कटारी /कटारीमा एकदिने जलवायु परिवर्तन सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।नेपलिज युथ फर क्लाईमेट एक्सन (एनवाईसीए)को आयोजनामा कटारी वडा न. ३ च्याँगामा अवस्थित श्री चुरिया आधारभुत विद्यालय च्यागामा कार्यक्रम सम्पन्न भएको हो विद्यालयका कक्षा ६,७र ८ का विद्यार्थीहरुलाई जलवायु परिवर्तन सम्बन्धि सचेतनात्मक कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो। कार्यक्रमको पहिलो चरणमा वन क्याम्पस कटारीकी विद्यार्थी दुर्गा अधिकारीले जलवायु परिवर्तन, जलवायु परिवर्तनको असर, हरितगृह प्रभाव अनि जलवायु परिवर्तनबाट देखा परेका समस्याहरुको के कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा विद्यार्थीहरुलाइ प्रोजेक्टरको सहयोगले जानकारी गराउनु भयो। त्यस्तै कार्यक्रमको दोस्रोचरणमा वन क्याम्पसका विद्यार्थी मित्रलाल भण्डारीले जलवायु सम्बन्धि विभिन्न प्रश्नहरु राख्नुभएको थियो ।
जलवायु परिवर्तन भन्नाले विश्वव्यापी रुपमा तापमान र मौसमको स्वरुपमा लामो अन्तरालमा आउने परिवर्तनलाई बुझाउँछ । जलवायु प्राकृतिक रुपमा नै परिवर्तनशील छ तर हालको जलवायु परिवर्तन, विश्वव्यापी तापमानमा वृद्धिका कारण भएको हो। यसको मुख्य कारक मानवीय गतिविधि हुन् जसले वायुमण्डलको संरचनामा बद्लाव ल्याएको छ।उक्त कार्यक्रममा सम्पन्न गराउन साथ दिने विद्यालयका प्रधानाध्यापक मित्रलाल श्रेष्ठ लगाएत सम्पुर्ण विद्यालय परिवारमा आयोजकले धन्यवाद दिएको छ ।