जन्ताभ्वाईस सम्बाददाता
मंसिर , ८ विहिबार , २०७९
कटारी /निर्वाचनको परिणाम सार्वजनिक भएसँगै विजयी उमेद्वारहरु विजयी र्यालीमा व्यस्त हुँदा उदयपुर २ मा प्रतिनिधि सभा तर्पm पराजित भएका हाम्रो नेपाली पार्टीका उमेद्वार लोकेन्द्रबहादुर कार्की भने निर्वाचनका समयमा गरेका प्रतिवद्धता पुरा गर्न सुरु गर्दैछन् । उदयश्री बहुमुखी क्याम्पसमा मतगणनाको परिणाम आईरहँदा बुधबार कार्की भने कटारी नगरपालिका १ को कालीखोलामा राधाकृष्ण मन्दिर निर्माणका लागि शिलान्यासमा व्यस्त हुनुहुन्थ्यो ।
निर्वाचन प्रचार प्रसारमा त्यहाँ कसैले पनि कुनै निकायले पनि एउटा मन्दिर समेत निर्माण नगरेको मतदाताले गुनासो गरेपछी कार्कीले मन्दिर निर्माण गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको थियो । उक्त प्रतिवद्धता अनुसार उहाँले मन्दिरको शिलान्यास गर्नुभएको हो । आप्mनै व्यक्तिगत लगानीमा त्यहाँ मन्दिर निर्माण गरिदिने कार्कीले बताउनुभयो ।निर्वाचनमा होमिएपछी जनताले मागेका कुरा व्यकिगत हिसावले पनि दिनुपर्छ भनेर सुरु गरेको कार्कीले बताउनुभयो ।
अनुमानित १० लाखको लागतमा मन्दिर निर्माण गरिदिने कार्कीको भनाई छ । कार्कीले यस क्षेत्रमा आफुले गरेका प्रतिवद्धता क्रमश पुरा गर्दै जाने समेत बताउनुभयो । पुजाआजाका लागि नजिकमा मन्दिर नभएको भन्दै स्थानीयले मन्दिर निर्माण हुने भएपछी खुसी व्यक्त गरे ।निर्वाचनमा पराजित भएपनि प्रतिवद्धता पुरा गरेकोमा स्थानीयले धन्यवाद समेत दिएका थिए ।
यसअघि जे जस्तो भएपनि आगामी निर्वाचनमा प्रतिवद्धता पुरा गर्नेलाई साथ दिने स्थानीयले प्रतिवद्धता जनाएका थिए । हारलाई स्विकार्दै कार्कीले निर्वाचनमा साथ दिने सवैलाई धन्यवाद दिंदै आगामी दिनमा यसै क्षेत्रमा सामाजिक कार्यमा कृयाशिल हुने बताउनुभयो ।


जनता भ्वाइस 







