जन्ताभ्वाईस सम्बाददाता
७ मंसिर , वुधबार , २०७९
कटारी / उदयपुर क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा नेपाली काँग्रेसका रामकुमार खत्री निर्वाचित हुनुभएको छ । खत्रीले १२ हजार ६ सय २७ मत ल्याएर निकटतम् प्रतिष्पर्धि एमालेका जिवनाथ दाहाललाई पराजित गर्नुभएको हो ।
एमालेका दाहालले ९ हजार २ सय ३६ मत प्राप्त गर्नुभयो । यस प्रदेश सभामा कुल२६ हजार १ सय ७७ खसेको मतमा १ हजार २ सय ३५ ल्याँउँदै मंगोल नेशनल अर्गनाईजेसनका काँशबहादुर राईले तेस्रो स्थान हासिल गर्नुभयो । त्यस्तै १ हजार ३४ मत ल्याएर राप्रपाका माला तामाङ्गले चौथौ स्थान हासिल गर्नुभयो । नतिजासँगै उदयपुर क्षेत्र नम्बर २ को प्रत्यक्ष निर्वाचित तर्पmको मतगणना सकिएको छ ।


जनता भ्वाइस 







