images
images

उदयपुर २ प्रदेश सभा १ मा माओवादीका नारायण बुर्जा मगर विजयी

जन्ताभ्वाईस सम्बाददाता
७ कार्तिक ,बुधबार
कटारी / उदयपुरको क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा माओवादी केन्द्रका नारायण बुर्जा मगर दोस्रो पटक विजयी भएका छन् । मगरले ८हजार १ सय ५ मत ल्याउँदा निकटतम् प्रतिद्वन्दी एमालेका देवराज राईले ८ हजार ७० मत प्राप्त गरे ।
मगरले ३५ मतको अन्तरले राईलाई पराजित गरेका हुन् । यस प्रदेश सभामा जम्मा १८ हजार ६ सय ९९ मत खसेको थियो । यहाँ मंगोल नेशनल अर्गनाईजेसनका नरबहादुर थापाले ८ सय ६३ मत ल्याएर तेस्रो स्थान प्राप्त गर्दा राप्रपाका माला तामाङ्गले ४ सय ३२ मत ल्याएर चौथो स्थान हासिल गरे ।
त्यस्तै जनता समाजवादी पार्टीका घनश्याम कटुवालले ३ सय ६६ मत ल्याएर अन्तिम पाचौं स्थान प्राप्त गरे । यहाँ ५ दलले प्रतिष्पर्धा गरेका थिए । मगर यसअघि पनि यहि क्षेत्रबाट निर्वाचित भएका थिए ।
गएको २०७४ को निर्वाचनमा एमालेसँगको गठबन्धनबाट निर्वाचित वुर्जा मगर यसपटक भने सत्तागठबन्धनको तर्पmबाट दोस्रो पटक प्रदेश नम्बर १ को सदस्यमा निर्वाचित भएका हुन् ।