ताराघारी स्थित महादेव गुफामा भक्तजनहरु । तस्विर सौजन्य देव ढुंगेल
जन्ताभ्वाईस सम्बाददाता
६ मंसिर , मंगलबार , २०७९
कटारी /आज वालाचर्तुदशी सतवीच पलवीच छरेर शिवालयहरुमा पुजा आराधना गरी मनाईदैं छ । गएराति पितृहरुको नाममा वत्ती वाल्ने र आज सतवीज पलवीज छर्ने गरिन्छ । यसै अवसरमा आज विहानै देखि कटारी ३ स्थित महादेव गुफामा भक्तजनहरु पुजा आराधना गर्न पुगिरहेका छन् । यहाँ वर्षेनी भक्तजनहरुको घुईचो लाग्ने गर्दछ । त्यसैगरी कटारी १ स्थित जगदेश्वरी महादेव गुफामा पनि आज पुजा आराधनाका लागि उल्लेख्य मात्रामा भक्तजनहरु पुग्ने गरेका छन् ।


जनता भ्वाइस 







