जन्ताभ्वाईस सम्बाददाता
६ मंसिर , मंगलबार , २०७९
कटारी / उदयपुर क्षेत्र नम्बर २ मा सुरुदेखि नै अग्रता कायम राखेको एमालेले पछिल्लो परिणामसम्म आईपुग्दा अन्तर फराकिलो पार्दै अग्रतालाई कायम नै राखेको छ । मत परिणाम अनुसार २० हजार ८ सय ८६ गणना सम्पन्न हुँदा नेकपा एमालेका अम्बरबहादुर रायमाझीले ७ हजार २ सय ६० मत पाएका छन् ।
निकटतम् प्रतिष्पर्धि गठबन्धनका उमेद्वार एकीकृत समाजवादीका जगन्नाथ खतिवडाले ६ हजार ५३ मत पाएका छन् । तेस्रो स्थानमा स्वतन्त्र उमेद्वार रामकुमार राईले ४हजार ६ सय २२ मत पाएका छन् ।यस क्षेत्रमा ४४ हजार ८ सय ४५ मत खसेको छ ।
रास्वापाका अनिल श्रेष्ठले ४ सय ५२ मत पाउँदा राप्रपाका वंशीधर न्यौपानेले २ सय २३ पाएका छन् । त्यसैगरी जसपाका सिद्धान्त राईले २ सय २ मत पाएका छन् । यस क्षेत्रमा प्रदेश सभाको मतगणना भने सुरु भएको छैन् ।


जनता भ्वाइस 







