जन्ताभ्वाईस सम्बाददाता
५ मंसिर , सोमबार , २०७९
कटारी/ प्रतिनिधि सभा तर्पm उदयपुर क्षेत्र नम्बर २ को पनि मत परिणाम आउन थालेको छ । परिणाम अनुसार ४ हजार १ सय ३० मत गणनाहुँदा एमालेका अम्बरबहादुर रायमाझीले अग्रता लिएका छन् ।
रायमाझीले १ हजार २ सय ३६ मत पाउँदा निकटतम् प्रतिष्पर्धि स्वतन्त्र उमेद्वार रामकुमार राईले १ हजार २ सय ११ मत पाएका छन् । त्यसैगरी तेस्रोमा सत्तागठबन्धबाट उमेद्वार बनेका एकिकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले ९ सय ७७ मत पाउनुभएको छ ।
त्यसैगरी मंगोल नेशनल अर्गनाईजेसनका भाष्कर राईले १८४ मत , राष्ट्रिय स्वतन्त्र पार्टीका अनिल श्रेष्ठले ११२ , राष्ट्रिय प्रजातन्त्र पार्टीका वंशिधर न्यौपानेले ७३ , जनता समाजवादी पार्टीका सिद्धान्त राईले ६६ मत पाउनुभएको छ ।
त्यस्तै हाम्रो नेपाली पार्टीका लोकेन्द्रबहादुर कार्कीले १८ मत , स्वतन्त्र उमेद्वार राममणी पौडेलले ९ मत पाउनुभएको छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीले ४ , जनजागरण पार्टीले ७ र नेपाली काँग्रेस विपीले ३ मत पाएका छन् ।
कटारी स्थित उदयश्री बहुमुखी क्याम्पसमा मतगणना भईरहेको छ । प्रतिनिधि सभा तर्पm ४४ हजार ८४५ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


जनता भ्वाइस 







