images
images

उदयपुर १ मा काँग्रेसका डा.नारायण खड्काको अग्रता

जन्ताभ्वाईस सम्बाददाता
५ मंसिर , सोमबार , २०७९
कटारी/ उदयपुर क्षेत्र नम्बर १ को १ हजार मत गणनाहुँदा काँग्रेसका डा.नारायण खड्काले अग्रता लिएका छन् । खड्काले ४ सय ४ मत प्राप्त गर्दा निकटतम् प्रतिष्पर्धि मञ्जु कुमारी चौधरीले ३ सय ८७ मतले पछ्याईरहेका छिन् ।
त्यसैगरी तेस्रोमा राप्रपाका धुव्रकुमार रायमाझीले ५१ मतले तेस्रो स्थान लिएका छन् । चौथोमा जसपाका गोपाल राईले ४६ मत पाएका छन् । उदयपुर निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभामा ७६ हजार ७५६ मत खसेको छ । जिल्लाको क्षेत्र नम्बर २ मा पनि मतगणना सुरु भएको छ ।