images
images

उदयपुरको क्षेत्र नं. २ मा मतगणना सुरु

सोमबार, ५मंसिर २०७९
कटारी /उदयपुरको क्षेत्र नं. २ मा सर्बदलीय बैठक पश्चात ४ बजे देखि मतगणना सुरु भएको छ । कटारीको उदयश्री बहुमुखी क्याम्पसमा मतगणना सुरु गरिएको हो । दलका प्रतिनिधीले व्यालेट शिल नम्बर र मुचुल्का मिलाउन माग गरेपछि ३ बजे देखि सुरु हुने भनिएको मतगणना केहिबेर ढिला गरि सुरु गरिएको हो । कटारी नगरपालिकाको १ र ३ नम्बर वडाका ५ वटा ब्यालेट बक्स र उदयपुर गढी गाँउपालिको ५ वटा ब्यालेट खोलेर गणना सुरु गरिएको छ ।
आइतबार सम्पन्न प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जिल्ला भर ५३.६ प्रतिशत मत खसेको छ ।