images
images

कटारीमा २२ हजार १८ मत खस्यो

जन्ताभ्वाईस सम्बाददाता
४ मंसिर , आईतबार , २०७९
कटारी / कटारी नगरपालिकामा २२ हजार १८ मत खसेको छ ।आज सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन नगरभित्र शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । कटारीको वडा नम्बर १ मा १७ सय , २ मा २१ सय ६३ , ३ मा २५सय ३० , ४ मा २८ सय ७१ , ५ मा ३ हजार ५ , ६ मा १६ सय ३९ , ७ मा १७ सय १६ मत खसेको हो ।
त्यसैगरी वडा नम्बर ८ मा १४ सय ५८ ,९ मा ८ सय २८ , १० मा १ हजार २६ , ११ मा ६ सय ६९ , १२ मा ८ सय ३४ , १३ मा ७ सय १३ र १४ मा ८ सय ३९ गरी २२ हजार १८ मत खसेको हो । मतदान शान्तिपूर्ण रहेपनि यसपटक गएको स्थानीय निर्वाचनमा जस्तो चुनावमा मतदाताको मन नगएको मतदाताहरुले नै वताए । ४० हजार १ सय १५ मतदाता रहेको कटारीमा २२ हजार १८ मत खसेको हो ।