images
images

राष्ट्रिय युवा संघ नेपालद्धारा कटारी नगरपालिकाको गोलपार्क सरसफाइ

विहिबार,१ , मंसिर , २०७९
कटारी/ नेकपा एमालेको जनवर्गिय संगठन राष्ट्रिय युवा संघ नेपालले कटारी नगरपालिकाको गोलपार्क परिसर सरसफाई गरेका छन् । आज नेकपा एमालेको कटारी नगरपालिका वडा नम्बर ३ र ४को घरदैलो अभियान अन्तर्गत गरिएको वृहत र्याली पश्चात गरिएको कोण सभा सम्पन्न भएपछि युवा संघले सरसफाइ गरेको हो । कार्यक्रम पछि सबैले कार्यक्रम स्थल वरपर पानीका वोतर तथा अन्य फोहोर त्यसै छाड्ने भए पनि राष्ट्रिय युवा संघ नेपालले भने सफाई गरेका छन् ।
‘आज नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने र यहाँ नगरे कहाँ गर्ने’ भन्ने मुख्य उद्देश्यका साथ भुगोल पार्क वरपर सरसफाइ गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा उदयपुर जिल्ला सह इन्चार्ज तुलसी चौलागाईले बताउनु भयो । चौलागाईले युवालाई सार्वजनिक स्थल सरसफाईमा प्रोत्साहन स्वरुप पनि कार्यक्रम सम्पन्न भएपछि सार्वजनिक स्थलको सरफाई गरिएको बताउनु भयो । निर्वाचनका लागि प्रचार प्रसारको अन्तिम दिन आज नेकपा एमालेले कटारीमा चुनावी सभा गरेको थियो । वृहत र्यालीका साथमा कटारी बजार परिक्रमा गरी एमालेले भूगोलपार्कमा चुनावी कोणसभा सम्पन्न गरेको हो ।