images
images

‘जितको नजिक छौं’ जिवनाथ दाहाल

जन्ताभ्वाईस सम्बाददाता
१ मंसिर , विहिबार , २०७९
कटारी /उदयपुरको क्षेत्र नम्बर २ को प्रदेश सभा ख मा एमालेबाट उमेद्वार बन्नुभएका जिवनाथ दाहालले आफु जितको नजिक रहेको बताउनुभएको छ । यस प्रदेश सभामा सत्तागठबन्धनका उमेद्वार नेपाली काँग्रेसका रामकुमार खत्री मूख्य प्रतिष्पर्धि रहेको बताउँदै दाहालले आफु जितको नजिक रहेको र जित निकाल्ने बताउनुभएको हो ।
गठबन्धनभित्रको धोका र एमालेको अनुशासित संगठनका कारण आफु जितको दावेदार रहेको दाहालको भनाई छ । त्यसैगरी युवापुस्ताले आप्mनै पुस्तालाई मत दिने वातावरण तय भएको बताउँदै दाहालले यस क्षेत्रको विकास , सुखी प्रदेश र समृद्ध प्रदेशका लागि आफुलाई मत दिन आग्रह गर्नुभयो ।
युवा स्वरोजगार , सडक निर्माण , सामाजिक विकासका अलावा स्वच्छ खानेपानी , गुणस्तरीय शिक्षाको विकासका लागि आफुलाई मतदाताहरुले जितका लागि मत दिने दाहालको दावी छ । लामो समय संञ्चारकर्म गरी जनताको समस्यालाई नजिकबाट समाधानका लागि पहल गरेको , साथै सामाजिक कार्यमा समेत निरन्तर कृयाशिल भएका कारण मतदाताले मत दिने प्रतिवद्धता जनाएको दाहालले बताउनुभयो ।