images
images

उदयपुर २ मा त्रिपक्षिय भिडन्तको आकंलन

जन्ताभ्वाईस सम्बाददाता
१ मंसिर , विहिबार
कटारी/ प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ नजिकिंदै जाँदा उदयपुरको क्षेत्र नम्बर २ मा त्रिपक्षिय भिडन्त हुने देखिएको छ । यस क्षेत्रमा सत्तागठबन्धनबाट एकिकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा मैदानमा छन् ।
प्रतिष्पर्धामा एमालेका अम्बरबहादुर रायमाझी छन् । यसवीचमा काँग्रेसका क्षेत्रिय सभापति समेत रहेका यस क्षेत्रका प्रभावशाली नेता रामकुमार राईले स्वतन्त्र उमेद्वारी दिएपछी यहाँ त्रिपक्षिय भिडन्तको आकंलन गरिएको छ ।
सत्तागठबन्धनका खतिवडा यसअघि २०५६ सालमा समेत यस क्षेत्रका निर्वाचित सांसद हुनुहुन्छ भने । राई २०५४ सालको स्थानीय निर्वाचनमा कटारी गाविसबाट निर्वाचित गाविस अध्यक्ष हुनुहुन्छ ।
२०७४ को स्थानीय निर्वाचनदेखि काँग्रेसमा कटारीको मेयर , प्रदेश तथा प्रतिनिधि सभाको आंकाक्षी रहेपनि काँग्रेसले उमेद्वार नबनाएपछी राईले यसपटक स्वतन्त्र उमेद्वारी दिनुभएको हो । एमालेका रायमाझी भने पहिलो पटक निर्वाचनको अनुभव लिईरहेका छन् ।
गठबन्धनलाई माओवादी केन्द्र , काँग्रेसको साथ छ तर समाजवादीकै भने यहाँ संगठन कमजोर छ । स्वतन्त्र राईले आफुलाई सवैपार्टीका जनताले साथ दिएकाले उमेद्वारी दिएको बताउनुभयो । ‘सवै जनताले मलाई अगाडी बढाएपछी उमेद्वारी दिएको हुँ । ’राई भन्छन् –‘माहोल राम्रो बनेको छ यस पटक जित्ने विश्वासमा छु ।’राईलाई गठबन्धनबाट असन्तुष्ट काँग्रेस कार्यकर्ताले नै साथ दिएका छन् ।
गठबन्धनका खतिवडाको चुनावी शक्ति भनेको गठबन्धन नै हो । ‘हाम्रो चुनाव जित्ने पहिलो आधार गठबन्धनको शक्ति नै हो । ’खतिवडा भन्छन् –‘बलियो गठबन्धनका कारण जित सुचिष्चित भएको छ ।’
त्यसैगरी एमालेका रायमाझीले पार्टी संगठनका भर लिएका छन् । ‘पार्टीको बलियो संगठनका आधारमा हामी जितको नजिक छौं ।’रायमाझीले भन्नुभयो –‘गठबन्धन भित्रकै दलका कार्यकर्ताहरुले समेत एमालेलाई भोट दिन्छ । ’
यस निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय कटारीका अनुसार दुई स्वतन्त्र र १० दल सहित प्रतिनिधि सभाका लागि १२ जनाको उमेद्वारी परेको छ । यस क्षेत्रमा ४ गाउँपालिका र एक नगरपालिका सहित ५ स्थानीय तह रहेको छ । यस क्षेत्रमा ९३ हजार ४ सय २१ मतदाता रहेका छन् । अंकगणितका आधारमा यस क्षेत्रमा ५ वटै स्थानीय तह जितेको गठबन्धन बलियो छ ।