images
images

कटारीमा एमालेको चुनावी सभा सम्पन्न

जन्ताभ्वाईस सम्बाददाता
विहिबार,१ , मंसिर , २०७९
कटारी/ निर्वाचनका लागि प्रचार प्रसारको अन्तिम दिन आज नेकपा एमालेले कटारीमा चुनावी सभा सम्पन्न गरेको छ । वृहत र्यालीका साथमा कटारी बजार परिक्रमा गरी एमालेले भूगोलपार्कमा चुनावी कोणसभा सम्पन्न गरेको हो ।
सभामा वोल्दै एमालेबाट उदयपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उमेद्वार अम्बरबहादुर रायमाझीले असल विचार कुशल संगलठन भएको पार्टी एमालेभएको बताउनुभयो । ‘मंसिर ४ पछाडी समृद्धिको खाका कोर्न प्रत्येक गाउँघरमा आउँछौं ।’उहाँले भन्नुभयो –‘नेकपा एमाले अव जनताको सेवा गर्न चाहान्छ ।’

त्यसैगरी प्रदेश सभा ख का उमेद्वार जिवनाथ दाहालले एमाले सरकारले सुरु गरेका योजनाहरु पुरा गर्ने बताउनुभयो । ‘यहाँबाट निर्वाचित भएर गईसकेपछी ती योजनाहरु पुरा गर्ने प्रतिवद्धता जाहेर गर्दछु । ’दाहालले भन्नुभयो –‘सामाजिक सुरक्षा भत्ता , युवा स्वरोजगार , सडक निर्माण लगायतका विकास पूर्वाधारका अलावा जग्गा लालपुर्जा दिने काम गर्ने मेरो प्रतिवद्धता रहेको छ ।’
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन परिचालक कमिटीका संयोजक ज्ञानेन्द्र श्रेष्ठले अव एमालेलाई कसैलाई पनि ओझेलमा पार्न नसक्ने बताउनुभयो । ‘विकास पूर्वाधारहरु एमालेले निर्माण गरेको हो , यो मदनभण्डारी राजमार्ग एमालेले बनाएको हो सवैलाई थाहा छ ।’श्रेष्ठले थप्नुभयो –‘सूर्यलाई हत्केलालो छेक्ने प्रयास असम्भव छ । ’