काठमाडौं– लोकतान्त्रिक मुलुकहरूमा निर्वाचनका समयमा मिडियाले उम्मेदवारको क्षमता, उसले मुलुकका लागि खेलेको भूमिका तथा योगदानका आधारमा संसदका लागि आवश्यक र उपयुक्त पात्र अनुमोदन गर्ने प्रचलन छ । अमेरिका, बेलायतजस्ता लामो र परिपक्व लोकतान्त्रिक संस्कार भएका मुलुकहरूमा यस्तो अभ्यास हुँदै आएको छ ।
मिडियाको अनुमोदन पर्नेमा १ नम्बरमा नेपाली कांग्रेसका सांसद तथा काठमाडौं क्षेत्र नं ४का उम्मेदवार गगन कुमार थापा रहेका छन् । अनुमोदन गर्नु भनेको ती नेता जनताबाट रुचाइएका छन् । जसको संसदमा उपस्थिति अनिवार्य छ ।
नेपाली मिडियामा उमेदवारको अनुमोदन गर्ने परम्परा परम्परा सुरु भएको छ । बाह्रखरी मिडियाले उमेद्वारले विगतमा खेलेको भूमिका विज्ञहरुसँगको रायका आधारमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एस, जसपा, लोसपा, नेमकिपा, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलबाट २५ सांसदलाई अनुमोदन गरेको छ ।
मंसिर ४को प्रतिनिधि सभा निर्वाचनमा गगन थापा सहित २५ जनालाई बाह्रखरी मिडियाले संघीय संसद्का लागि आवश्यक र उपयुक्त पात्रका रूपमा उल्लेख गर्दै अनुमोदन गरेको हो । गगन संसद्मा हुँदा सबैभन्दा सशक्त, प्रभावशाली र लोकप्रिय भूमिका निर्वाह गरेको अध्ययनमा देखिएको छ । उनी राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रका सच्चा पक्षधर देखिएको मिडियाले जनाएको छ । सत्ता वा विपक्षमा जहाँ रहे पनि योग्य सांसदको भूमिकामा निर्वाह गरेको छनोटमा परेको दाबी गरिएको छ । नेपालको हितका लागि विपक्षमा रहँदा पनि भारतले मिचेको भूमि फिर्ता ल्याउने सम्बन्धमा सरकारले गरेको निर्णयलाई समर्थन गरेर देशभक्ति देखाएको जनाएको छ । एउटा अमेरिकी सहयोग परियोजना एसपीपीको विपक्षमा उभिएको र अर्को एमसीसी अनुमोदनका सन्दर्भमा पार्टीको घेराभन्दा माथि उठेर काम गरे उल्लेख छ । युवाका प्रतिनिधि र प्रधानमन्त्री बन्नसक्ने संभावना भएका नेता रुपमा समेत मिडियाले चित्रित गरेको छ ।
अन्य अनुमोदन हुने नेतामा नेकपा एमालेका सचिव तथा ताप्लेजुङका योगेश पोखरेल, विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसका महामन्त्री झापा – १का उम्मेदवार विश्व प्रकाश शर्मा, रामकुमारी झाँक्री, नेकपा (एकीकृत समाजवादी) रहेका छन् । त्यसैगरी, गुल्मी –२, सुरेन्द्र पाण्डे– चितवन १, डा. शेखर कोइराला, नेपाली कांग्रेस, मोरङ्ग – ६, मानुषी यमी भट्टराई, नेकपा (माओवादी केन्द्र), काठमाडौं – ७, शरतसिंह भण्डारी, लोकतान्त्रिक समाजवादी पार्टी, महोत्तरी – २, अन्जना विशंखे, नेकपा (माओवादी केन्द्र), काठमाडौं १०, प्रदीप पौडेल, नेपाली कांग्रेस, काठमाडौं – ५, प्रेम सुवाल, नेमकिपा, भक्तपुर – १, तोसिमा कार्की, राष्ट्रिय स्वतन्त्र पार्टी, ललितपुर – ३, घनश्याम भुसाल, स्वतन्त्र, रूपन्देही १, विनोदकुमार चौधरी– नवलपरासी १, लक्ष्मणलाल कर्ण– पर्सा १, डा. भोजराज अधिकारी– चितवन ३, विद्या भट्टराई–कास्की २, पृथ्वी सुब्बा गुरुङ, नेकपा (एमाले) लमजुङ, शेरधन राई, नेकपा (एमाले) भोजपुर लगायत २५ जना रहेका छन् ।
निर्वाचित भएपछि लोकतन्त्र, कानुनको शासन, अभिव्यक्ति स्वतन्त्रता, जनताका नैसर्गिक अधिकारजस्ता विषयविरुद्ध देखिए भने तिनको विरोधमा कलम चलाउन भने मिडियाले कत्ति पनि हिचकिचाउने छैन भनेका छन् ।

संसद् वा सरकारमै पुगे पनि यिनले अधिनायकवादी चरित्र देखाउँदैनन्, जनताका पीर मर्का संसद्मा उठाउँछन् र सरकारलाई त्यस्ता समस्या समाधान गर्न उत्प्रेरित गर्छन् भन्ने विश्वासमा हामीले कुनै एक दलको मात्र नभई विभिन्न राजनीतिक दलका उमेदवारहरूलाई अनुमोदन गरेको जनाएको छ । अहिले अनुमोदित भएका उमेदवारको अन्तिम नामावली छलफल र अध्ययनबाट तयार गरिएको भए पनि यस कार्यका लागि हामीले विभिन्न बुद्धिजीवी, स्वतन्त्र विचारक, लामो समय सरकारी सेवामा रहेका व्यक्ति, नागरिक समाजका सदस्य आदिसँग छलफल र विचार विमर्श गरेको जनाएको छ ।
अनुमोदन गरेका उमेदवारहरू नेपालको संसदीय प्रणालीलाई समुन्नत एवं संघीय संसद्लाई प्रभावकारी बनाउन तथा सरकारलाई जिम्मेवार अनि गतिशील बनाउनसमेत सक्षम हुनेछन् भन्ने मिडियाको निष्कर्ष हो ।


जनता भ्वाइस 







