images
images

उदयपुर क्षेत्र नम्बर २ मा गठबन्धनका नेता धमाधम एमालेमा प्रवेश गर्दै

जन्ताभ्वाईस सम्बाददाता
२९ कार्तिक , मंगलबार , २०७९

उदयपुर क्षेत्रनम्बर २ मा लोकतान्त्रिक वामगठबन्धन भित्र चरम असन्तुष्टि वढेपछि नेताहरु पार्टी छाडन थालेका छन् ।
गठबन्धनले नेकपा एसका नेता जगन्नाथ खतिवडालाई उमेदवार बनाएपछि खतिवडाकै वडा सँग जोडिएका कटारी नगरपालिका ७ का गठबन्धनका नेताले पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका छन् ।
खतिवडाको स्थायी ठेगाना रहेको कटारी नगरपालिका ६ हो । गठबन्धन भित्र चरम असन्तुष्टि बनेका कटारी ७ का १५ जना कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा सबैभन्दा बढि नेकपा माओबादी केन्द्रका खुशबहादुर दनुवारको नेतृत्वमा १४ जना, नेपाली काँग्रेसका गिता दनुवार र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ जना गरी १७ जना रहेका छन् ।
निर्वाचनलाई लक्षित गरी पार्टीले वडानं ६ मा आयोजना गरेको चुनावी सभामा उनीहरु एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई एमालेका प्रदेश कमिटी उपसचिब शैलेश लामा, सचिवालय सदस्य बेदप्रसाद पोखरेल, क्षेत्रनं २ का प्रतिनिधिसभा सदस्य उमेदवार अम्बरबहादुर रायामाझी, प्रदेश कमिटी सदस्य गोपाल खत्री, डा. बाबुराम थापा, जिल्ला उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, प्रदेश ‘ख’ का उमेदवार जिवनाथ दाहाल लगायतका नेताले अविर लगाएर स्वागत गरेका थिए ।
नवप्रवेशीहरुले गठबन्धनका नाममा कायकर्ताको भावना विपरित पार्टी केन्द्रिय नेतृत्वले जवरजस्त संगठन र जनाधार नै नभएको पार्टीका नेतालाई उमेदवार बनाएकाले विकल्प रोज्नु परेको बताए ।
उनीहरुले स्थानीय तहको निर्वाचनमा कटारीमा गठबन्धन फुटाएर काँग्रेसका मेयर पदका उमेदवार राजेशचन्द्र श्रेष्ठलाई हराउन स्वतन्त्र उमेदवार उठाएको र उपमेयरमा माओबादी केन्द्रका उमेदवार पार्टी अध्यक्ष विनोद कटवाल (दिवस)लाई हराउन आफ्ना उमेदवार खडा गर्नेलाई नै गठबन्धनबाट टिकट दिइएकाले सहयोग गर्न नसकिने भन्दै विकल्प रोजेको बताएका छन् ।
‘आफ्नो पार्टीका उमेदवारलाई हराउन बैशाख ३० गते गरेको भुमिका हामीले विर्सिएका छैनौ,’ उनीहरुले भने, ‘त्यो दिन अझै झल–झली याद छ, त्यसैले यहीँ अवश्थामा फेरी गठबन्धनबाट उहीँ व्यक्ति उमेदवार भएकाले हाम्रो नैतिकताले दिएन अनी विकल्पमा एमाले रोज्यौ ।’ २०५६ को निर्वाचनमा खतिवडा निर्वाचित भएपछि क्षेत्र नफर्किएको, विकासका कामहरु केहि नगरेको, कायकर्ताको फोनसमेत नउठाउने गरेको जनताको गुनासो छ ।