images
images

लौरो अभियानले कटारीमा साँस्कृतिक कार्यक्रम गर्ने

जन्ताभ्वाईस सम्बाददाता
२८ कार्तिक , सोमबार , २०७९
कटारी सामाजिक अभियन्ताहरुको समूहबाट निर्वाचनमा लौरो चुनाव चिन्ह लिएर उमेद्वारी दिएको हाम्रो नेपाली पार्टीले उदयपुर २ मा पनि चुनावि गतिविधिलाई तिव्रता दिएको छ । यस क्षेत्रबाट प्रतिनिधि सभाका लागि लोकेन्द्र बहादुर कार्की चुनावि मैदानमा छन् ।
यस क्षेत्रको गाउँगाउँमा पुगेर मतदाताहरुको घरदैलोमा समस्या बुझेर कटारी बजार आसपास चुनावि कार्यक्रम गरिरहेको उमेद्वार कार्कीले बताउनुभयो ।‘गाउँगाउँका समस्या बुभ्mने र समाधानका लागि काम गर्ने प्रतिवद्धता लिएर फर्किएको छु ।’उहाँले भन्नुभयो –‘कृषकहरुको खेतमै पुगेर समस्या बुभेंm , धेरैको आशिर्वाद लिएर हिनेको छु । ’
चुनावि कार्यक्रम अन्र्तगत नै पार्टीले भोलि मंगलबार कटारीको भूगोलपार्कमा कार्यक्रम गर्ने भएको छ । ‘दिउँसो १ बजेपछी साँस्कृतिक कार्यक्रमको आयोजनाको तयारी गरेका छौं । ’कार्कीले भन्नुभयो –‘कलाकारहरु कार्यक्रमका लागि आउनेछन् ।’
कार्कीका अनुसार कलाकारहरु नेत्र राउत तिखे , नविना शिलवाल खुईली , सलोनी कार्की टुल्की लगायतका कलाकारहरु साँस्कृतिक कार्यक्रका लागि आउनेछन् । कार्की स्वयम् गायक तथा कलाकार समेत हुन् । कार्कीले विभिन्न गीतहरु बजारमा ल्याउनुभएको थियो भने । टेलिसिरियलहरु समेत निर्माण गर्नुभएको छ ।