images
images

कटारीमा गठबन्धनद्वारा सभा सम्पन्न

जन्ताभ्वाईस सम्बाददाता
२६ कार्तिक , शनिबार , २०७९
कटारी / एकिकृत समाजवादी पार्टीका उपमहासचिव प्रचार प्रसार विभाग प्रमुख तथा उदयपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उमेद्वार जगन्नाथ खतिवडाले गठबन्धनलाई जिताए जनताको जीवनमा परिवर्तन ल्याउने बताउनुभएको छ । आज शनिबार उदयपुरको कटारीमा वाम गठबन्धनको चुनावी र्याली पश्चातको कोणसभालाई सम्बोधन गर्दै खतिवडाले स्थानीय , प्रदेश र केन्द्र सरकार गठबन्धनको हुने र जनताको जीवनमा परिवर्तन ल्याउने बताउनुभएको हो ।
गठबन्धनले यस क्षेत्रमा जिते सडक , जग्गा विहिनलाई लालपुर्जा दिने , तटबाँध निर्माण गर्ने , पुल निर्माण लगायतका भौतिक विकास गर्ने बताउनुभयो । ‘ककरु , तवा , वैद्यनाथ , सुनकोसी नदीले क्षति पुराएको छ । ’खतिवडाले भन्नुभयो –‘यस क्षेत्रको अनेकौं पुलहरु हाम्रो प्राथमिकतामा परेको छ । ’
कार्यक्रममा वोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायण बहादुर कार्कीले राज्य जोगाउन गठबन्धनको आवश्यकता परेकाले गठबन्धनलाई मत दिनुपर्ने बताउनुभयो । ‘पुराना कुराहरु थाती राखौं अहिलेको राष्ट्रिय मुद्दा भनेको राष्ट्रलाई जोगाउनु हो त्यसैले गठबन्धन भएको हो ।’कार्कीले भन्नुभयो –‘दलिय व्यवस्थामा दलको आवश्यकता पर्छ त्यसैले पहिलो प्राथमिकतामा दललाई राखेर मत दिऔं ।’
कार्यक्रममा एकिकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य तथा प्रदेश एकका अध्यक्ष बलदेव चौधरीले संविधानको रक्षाका लागि गठबन्धनलाई भोट दिनुपर्ने बताउनुभयो । वाम गठबन्धनका प्रचार प्रसार मुल समितिका सयोजक मोहन खत्रीको अध्यक्षतामा सभा सम्पन्न भएको थियो । गठबन्धनले यस क्षेत्रको ग्रामिण भेगमा घरदैलो सकेर कटारी बजार केन्द्रित प्रचारलाई जारी राखेको छ । गठबन्धनले वृहत र्याली सहित कोणसभाको आयोजना गरेको थियो । कार्यक्रममा प्रदेश सभा ख का उमेद्वार रामकुमार खत्री , तथा समानुपातिक उम्ेदवारहरुको समेत सहभागिता थियो । यस क्षेत्रमा ४ गाउँपालिका र १ नगरपालिका सहित ५ स्थानीय तह रहेको छ । यहाँ ४८ हजार ७ सय ४७ पुरुष र ४४ हजार ६ सय ७४ महिला गरी जम्मा ९३ हजार ४ सय २१ मतदाता रहेका छन् ।
यस क्षेत्रबाट प्रतिनिधि सभामा २ स्वतन्त्र सहित १२ जना उमेद्वार रहेका छन् । १० राजनीतिक दलको प्रतिष्पर्धा रहेको यस क्षेत्रमा गठबन्धनले मूख्य प्रतिष्पर्धिमा एमालेलाई लिएको छ । यहाँ एमालेबाट प्रतिनिधि सभा अम्बरबहादुर रायमाझी उमेद्वार हुनुहुन्छ ।