जन्ताभ्वाईस सम्बाददाता
२५ कार्तिक , शुक्रबार , २०७९
कटारी उदयपुको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा स्वतन्त्र उमेद्वारी दिनुभएका रामकुमार राईलाई समर्थन गर्ने जनलहर बढ्दै गएको छ । काँग्रेस क्षेत्रीय सभापति समेत रहनुभएका राईलाई गठबन्धनको बागी उमेद्वारी दिएपछी कार्वाही गरिसकेको छ ।
निर्वाचनको कार्यालयबाट बाट माछा चिन्ह पाएपछी मतदातको घरदैलोमा पुिगरहेका राईलाई स्वतस्पूmर्त सघाईरहेका छन् । यस क्षेत्रमा प्रतिनिधि सभामा गएर हालसम्म कसैले पनि विकास गर्न नसकेको र यसपटक झनै यस क्षेत्रलाई विकास गर्ने सम्भावना बोकेका उमेद्वारहरु नभएपछी जनताको भावना अनुसार स्वतन्त्र उमेद्वारी दिएको राई बताउँछन् ।
लामो समय राजनीति गर्दै आएपनि राईलाई काँग्रेसले कहिले पनि आकांक्षा गरेको पदमा उमेद्वार बनाएन । अन्यदललाई समर्थन गर्न सक्ने यहाँका काग्रेसीहरुले काँग्रेसकै पुराना नेता राईलाई समर्थन गर्न नसकेपछी स्वतन्त्र उमेद्वारी दिनुभएको हो ।
पछिल्लो चुनावी सरगर्मी बढेसँगै काँग्रेस कै नेता भएपनि स्थानीय चुनावमा स्वतन्त्तमा उपमेयरमा उमेद्वारी दिएपछी कार्वाहीमा पर्नुभएका कृष्ण थापाले पनि राईलाई समर्थन गर्दै भोट माग्न थाल्नुभएको छ । सामाजिक संञ्जालमा समर्थन गरेको सार्वजनिक गर्दै थापाले स्वतन्त्रको माहोल बन्दै गएको बताउनुभएको छ ।
कटारी गाविसको अध्यक्ष समेत रहेका राई जनताको काम गर्ने , हक्की स्वाभावका हुनुहुन्छ । लामो समय राजनीति गर्दा पनि काँग्रेसले टिकट नदिएपछी राईमाथि अन्याय भएको महशुस गर्नेहरुले यसपटक राम राईलाई मत दिने बताउँछन् । त्यसैगरी यस क्षेत्रमा परिचित र सँधै जनताकै माझमा रहेकाले पनि राईलाई मत आउने सम्भावना छ । नेताहरु चुनाव जितेर नफर्किने भएपनि हक्की स्वाभावका राईलाई आप्mना भनाईहरु राख्न सहज हुने भएकाले मतदाताहरु मत दिन तयार देखिएका छन् ।
काँग्रेसकै उमेद्वार नरहेको यस क्षेत्रमा गठबन्धनलाई सघाउन मन नपराउनेहरुलाई राईले भोट हाल्ने स्थान बनाएका छन। लामो समय टिकट नपाउँदा पनि स्वतन्त्र उमेद्वारी नदिई वसेका राईले यसपटक उमेद्वारी दिएपछी राईका समर्थकहरुमा खुसियाली छाएको छ ।विगतमा संसदमा जिताएर पठाएपनि यस क्षेत्रको विकास गर्न नसकेको आलोचना खेपेका गठबन्धनबाट एकिकृत समाजवादीका उमेद्वार बन्नुभएका जगन्नाथ खतिवडा र यस क्षेत्रको मतदाताको केन्द्र रहेको कटारी र आसपास जनताले हालसम्म देख्दै नदेखेको चिन्दै नचिनेको एमालेको उमेद्वार अमर रायमाझीबाट विकासको सम्भावना नदेख्ने मतदाताले यसपटक राम कुमार राईलाई विकल्पका रुपमा लिएका छन् ।


जनता भ्वाइस 







