images
images

को हुन ? उदयपुर २ मा लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका लोकेन्द्र बहादुर कार्की

जन्ताभ्वाईस सम्बाददाता
२५ कार्तिक , शुक्रबार , २०७९
कटारी / गएको स्थानीय निर्वाचनमा वालेन साह र हर्क साङपाङले स्वतन् त्रमा लौरो चुनाव चिन्ह लिएर निर्वाचन जितेपछी लौरो चुनाव चिन्ह निकै चर्चामा छ । यसैवीच उदयपुरको क्षेत्र नम्बर २ मा पनि लौरो चुनाव चिन्हले आप्mना प्रचार प्रसारलाई तिव्रता दिएको छ ।
यस क्षेत्रबाट लौरो चुनाव चिन्हबाट प्रतिनिधि सभाका उमेद्वार हुनुहुन्छ ४७ वर्षिय लोकेन्द्र बहादुर कार्की । हाम्रो नेपाली पार्टीका उमेद्वार हुनुहुन्छ कार्की र पार्टीको चुनाव चिन्ह हो लौरो । सुनसरी , ५ का कार्की पूर्व नेपाली सेना हुनुहुन्छ । हाल सामाजिक काम गर्दै आईरहनुभएका कार्की हाम्रो नेपाली पार्टी सामाजिक अभियन्ताहरुको पार्टी भएको बताउँछन् ।‘निर्वाचनमा एउटा पार्टी चाहिने भएर हाम्रो नेपाली पार्टी गठन भएको हो ।’कार्कीले भन्नुभयो –‘समाजमा सामाजिक काम गर्दै आएका सामाजिक अभियन्ताहरुको समूह हो यो ।’
उदयपुरको वेल्टार क्षेत्रमा सामाजिक काम गर्दै आउनुभएका कार्की उदयपुर २ का विकास निर्माण लगायत सवै कुराले पछी परेकाले यस क्षेत्र रोजेको बताउँछन् । ‘साथीहरुसँग सल्लाहा भयो र यो क्षेत्र पछी परेकाले यसैबाट निर्वाचनमा उठ्ने सहमति बन्यो ।’नेपाली सेनाहुँदा खनेको सिद्धिचरण राजमार्ग हालसम्म जिर्ण देख्दा दुःख लागेको बताउँदै यहाँको सडक , खानेपानी , मठ मन्दिर , शिक्षा , स्वास्थ्य, रोजगारी, पर्यटनमा विशेष विकास गर्ने लक्ष्य राखेको कार्कीले बताउनुभयो ।‘दियो एकठाउँमात्रै वलेर सवै ठाउँमा उज्यालो हुँदैन त्यसैले यहाँ पनि उज्यालो पार्नुपर्छ भनेर यो क्षेत्र रोजेको हुँ ।’उहाँले थप्नुभयो –‘प्रजातन्त्र लोकतन्त्र , गणतन्त्र आयो खै यहाँको अवस्था उस्तै रहेछ त ।’
पुखौली उदयपुर रहेको र बाबु बाजेले दुःख गरेकाले यो ठाउँसँग भावानात्मक सम्बन्ध रहेको बताउँदै कार्कीले यस ठाउँको विकासका लागि युवा शक्ति अघि बढ्नुपर्ने बताउनुभयो । ‘पुरानो पुस्तालाई आराम गर्न दिनुपर्छ , अव युवा.पुस्ताले विकास गर्नुपर्छ भनेर परिवर्तनका लागि मतदाताको घरदैलोमा पुगेको हुँ ।’कार्की भन्नुहुन्छ –‘ जसरी सेनाले देशको सवै ठाउँको सुरक्षा गर्छ त्यसैगरी सवैठाउँको विकास हुनुपर्छ ।’
हाल पेशाले वैदेशिक रोजगारीमा युवाहरुलाई पठाउने र उद्धार गर्ने गर्दै आउनुभएका कार्की काठमाडौं स्थित रेसनल ओभरसिजका संञ्चालक हुनुुहुन्छ । ‘आजसम्म कसैले पनि नराम्रो भयो भनेर प्रतिकृया दिने अवस्था आउन दिएको छुईन् ।’कार्कीले वैदेशिक रोजगारीमा अलपत्र परेकाहरुलाई उद्धार समेत गर्दै आएको बताउनुभयो ।
मतदाता समक्ष पुग्दा पुराना पार्टीबाट मतदाता वाक्क भएको पाईएको कार्कीले बताउनुभयो ।‘पुरानो नेता र दलहरुसँग वाक्क भएर जनता निरास रहेछन् । ’उहाँले भन्नुभयो –‘तपाईहरु आउनुहोस विकास गर्नुहोस हामी साथ दिन्छौं भनेका छन् ।’ निर्वाचन जिते सरकारी कुनै सुविधा नलिने बताउँदै कार्कीले यसै क्षेत्रमा एउटा कोष स्थापना गरेर विकास गर्ने बताउनुभयो । ‘मलाई सुरक्षा , सेवा , सुविधा केहि चाहिन्दैन सामान्य दालभात खान पुग्ने अवस्था मेरो छ , मलाई यहाँ विकास र परिवर्तन मात्रै गर्नुछ ’