images
images

उदयपुर २ मा जसपालाई पनि चुनावको चटारो

जन्ताभ्वाईस सम्बाददाता
२४ कार्तिक , बिहिबार , २०७९
कटारी / उदयपुरको २ नम्बर क्षेत्रमा जनता समाजवादी पार्टीलाई पनि निर्वाचनको चटारो लागेको छ । निर्वाचनमा पार्टीका सिद्धान्तलाई मतदातासम्म पुराउन जसपा पनि घरदैलो अभियानमा छ ।
यस क्षेत्रको प्रदेश सभा ख तर्पmको घरदैलो अभियान ताप्ली गाउँपालिकाहुँदै कटारी नगरपालिकाको पहाडीवडाबाट कटारी बजार केन्द्र आसपासमा आईपुगेको छ । ‘पहाडी भेग सकेर कटारी बजार आसपास झरेका छौं । ’उमेद्वार केशबबहादुर मगरले भन्नुभयो –‘आप्mनो पार्टीको नीति र सिद्धान्तलाई मतदाताकहाँ पुराईरहेका छौं ।’
पार्टी निकट युवा निशान राईले पार्टीको प्रचार प्रसार अभियानलाई तिव्रता दिएको बताउनुभयो । राईका अनुसार निर्वाचन नजिकिएसँगै पार्टीका कार्यक्रमलाई तिव्रता दिईएको छ । आज मात्रै कटारी , ३ र ५ मा घरदैलो अभियान गरिएको छ ।
यस क्षेत्रमा प्रतिनिधि सभा तर्पm सिद्धान्त राई उमेद्वार हुनुहुन्छ । पार्टीले आप्mना शुभचिन्तकहरु रहेको मतदाता समक्ष वृहत छलफल गर्दै आगामी निर्वाचनमा सहभागिता जनाउन आग्रह गरिरहेको राईले बताउनुभयो ।