images
images

उदयपुर २ मा सत्तागठबन्धनको संयुक्त प्रतिवद्धता पत्र सार्वजनिक

जन्ताभ्वाईस सम्बाददाता
२३ , कार्तिक ,बुधबार २०७९
कटारी / उदयपुरको क्षेत्र नम्बर २ मा सत्तागठबन्धनले संयुक्त प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । प्रतिनिध सभा तर्पm एकिकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको नेतृत्वमा यस क्षेत्रमा सत्तागठबन्धन चुनावी अभियानमा छ ।
प्रदेश सभा क मा माओवादी केन्द्रका नारायण वुर्जा मगर र ख तर्पm काँग्रेसका रामकुमार खत्री उमेद्वार रहेको गठबन्धनले प्रतिवद्धता पत्र सार्वजनिक गर्दै तत्काल गर्ने ४१ बुँदे कामहरु सार्वजनिक गरेको हो । पत्रमा प्रदेश र संघीय संसदमा जनपक्षीय कानुन बनाउने, आफ्नो क्षेत्रमा अधिकतम बजेट पार्न तथा देश र जनताको समग्र हितमा आफूलाई उभ्याउने , स्थानीय सरकारले गर्न नसक्ने विकासका कार्य गर्नका लागि प्रदेश र केन्द्रीय योजना ल्याउन स्थानीय सरकारसँग मिलेर सहकार्य गर्ने जस्ता कार्यक्रमहरु राखिएको छ ।
प्रत्येक पालिकाको विकास र समृद्धिको गुरुयोजनाको आधारमा योजनाबद्ध विकासलाई प्राथमिकता दिई तीनै तहको सरकार र जनतासँग सहकार्य गर्ने , गुणस्तरीय शिक्षा र स्वास्थ्यको सर्वसुलभ व्यवस्था गर्न नीति, कानुन र कार्यान्वयनमा जोड दिई आफ्नो क्षेत्रमा कार्यक्रम ल्याउने लगायतका योजना प्रतिवद्धता पत्रमा छ ।