images
images

के हुुन? जिवनाथ दाहालका जित्ने आधार ? ६ प्रश्नको ६ उत्तर

जन्ताभ्वाईस सम्बाददाता
२१ कार्तिक , सोमबार , २०७९
कटारी / उदयपुरको क्षेत्र नम्बर २ को प्रदेश सभा ख तर्पm नेकपा एमालेबाट ३० वर्षे युवा जिवनाथ दाहाल उमेद्वार हुनुहुन्छ । घरदैलो अभियानमा व्यस्त दाहाल युवा अवस्थामै प्रदेशसभा प्रवेश गरेर यस क्षेत्रमा सेवा गर्ने प्रतिवद्धतामा छन् । दाहालसँग जन्ताभ्वाईसले गरेको छोटो कुराकानि –
जिवनाथ दाहाललाई किन भोट दिने ?
पहिलो कुरा त म युवाहरुको प्रतिनिधित्व गरेर प्रदेश सभामा जाने तयारीमा छु । मैले समाजको हरेक कुराको वारेमा जानकारी छ । म जहाँ जन्मे आजपनि त्यो जमिनहरु ऐलानी छ , यसको समस्याका लागि मलाई भोट दिनुहोला , त्यस्तै म जस्तै युवाहरु वैदेशिक रोजगारीमा गएर वाकसमा फर्किरहेका छन् , यो समस्या समाधान गर्न , स्वास्थ्य , शिक्षा , विकासका पूर्वाधारको विकासका लागि मलाई भोट दिनु आग्रह गर्छु ।
तपाई खास कसको प्रतिनिधित्व गर्ने उमेद्वार हो ?
म खासमा युवाका अलावा पछि परेका , सिमान्तकृत , समुदाय , भूमिहिनहरुको साथै सवैको प्रतिनिधित्व गर्ने कार्ययोजना मसँग छन् ।
मतदाताले के भने घरदैलोमा ?
म आपैmले मत मागेर जाँदा मेरो उमेरसमूहका मतदाता उत्साहित देखें , आप्mनो मत आप्mनै पुस्तालाई दिनुपर्छ भन्ने अभियान नै छ । हिजो सामाजिक क्षेत्रमा काम गर्थे त्यतिवेला अर्कै अनुभूति थियो । अहिले तर तपाई पनि नेता हो भन्छन् , नेताप्रतिको दृष्टिकोण परिवर्तन गरेर नेता पनि अभिन्न अंग हो भन्ने बनाउन चाहान्छु ।
चुनाव जितेपछी सवै समस्या होलान त ?
समाजका सवै समस्यालाई प्राथमिकताका आधारमा राखेर क्रमश समस्या समाधान गर्ने योजनामा छु ।
यत्र तत्र भएका समस्यामा खास समस्या के रहेछन् ?
यातायात , पूर्वाधार , स्वच्छ खानेपानी , शिक्षा , स्वास्थ्य र वेरोजगारी नै पहिला प्राथमिकतामा राखेर काम गर्नुपर्ने समस्या रहेछ । त्यसैगरी भूूमिहिनका समस्या पनि ठूलो समस्या छ , यसको समाधानमा म लाग्नेछु ।
तपाईको पृष्ठभूमी के हो जसका कारण तपाईलाई विश्वास गर्नुपर्छ ?
खासमा मेरो पृष्ठभूमी भनेको राजनीतिसँगै संञ्चारसेवा मार्पmत समाजको विकास र सुसूचित बनाउनुका साथै समाजसेवा हो । जसका माध्यमबाट कटारीमा धेरै सामाजिक कार्यमा कृयाशिल भएकाले पनि मलाई मतदाताले विश्वास गरेका छन् त्यसैगरी ताप्ली गाउँपालिकामा पनि विगत लामो समयदेखि संस्थागत विकासका कामहरु मेरो नेतृत्वमा भएका छन् त्यसैले पनि मलाई विश्वास गरिरहेका छन् ।