जन्ताभ्वाईस सम्बाददाता
१७ कार्तिक , विहिबार , २०७९
कटारी / कटारी , ५ मा लोपोन्मुख बन्यजन्तु नीलगाईको बाच्छी फेला परेको छ । शलेस सामुदायिक बन उपभोक्ता समूहको बन क्षेत्रबाट खेतमा निस्किएको नीलगाईको २ महिनाको बाच्छी आज फेला परेको हो ।
स्थानीयको खेतमा फेला परेको नीलगाईको बाच्छीलाई स्थानीयले उद्धार गरी नियन्त्रणमा लिएर डिभिजन बन कार्यालय त्रिवेणी कटारीमा बुझाएका छन् । कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले नीलगाईको बच्चा कार्यालयको नियन्त्रणमा रहेको बताउनुभयो ।
उक्त नीलगाईको बाच्छीलाई पशु प्राविधिकको निगरानीमा राखिने पनि प्रमुख घिमिरेले बताउनुभयो । एकसाता सम्म कार्यालयमा राखिने र उद्धार गरी बन क्षेत्रमा छोडिने तयारी गरिएको पनि प्रमुख घिमिरेले बताउनुभयो ।
जिल्लाको पश्चिमी क्षेत्रमा रहेको चुरेबन क्षेत्रमा नीलगाईहरु पाईने स्थानीय बताउँछन् । सामुदायिक बन क्षेत्रबाट स्थानीयको दलहन , तेलहन लगायतका बाली खान नीलगाईहरु आउने गरेको कृषकहरुले बताएका छन् ।


जनता भ्वाइस 









