images
images

बदर मत कम गर्न कटारीमा नमुना मतदान

जन्ताभ्वाईस सम्बाददाता
१७ कार्तिक , विहिबार , २०७९
कटारी / कटारीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्न नमुना मतदान कार्यक्रम गरिएको छ । आज जिल्ला निर्वाचन कार्यालय उदयपुरको आयोजनामा नमुना मतदान गरिएको हो ।
नगरपालिका परिसरमा गरिएको मतदानमा ४५ मत खसेकामो २ म तबदर भएको थियो । यसअघि हिजो जिल्लाका बेलका,चौदण्डीगढीमा नमुना मगदात गरिएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाले जानकारी दिनुभयो ।
नमुना मतदान कार्यक्रम अन्तर्गत बेलका नगरपालिकामा ५८ मत खसेकोमा ८ मत बदर भएको थियो भने चौदण्डीगढी नगरपालिका पनि ५७ मत खसेकोमा ६ मत बदर भएको थियो ।
नमुना मतदान कार्यक्रममा सहभागी भएका मतदाताले पटक पटक मतदान गर्नु पर्ने भन्दै केही झन्झटिलो रहेको बताएका थिए । केही सहभागीले नमुना मतदान बाट धेरै कुरा सिकेको र उक्त कुरा अन्य मतदातालाई सिकाउन सकिने भएको प्रतिकृया दिएका छन ।