जन्ताभ्वाईस सम्बाददाता
बुधबार , १६ कार्तिक , २०७९
कटारी / उदयपुर , २ मा जनता समाजवादी पार्टीले पनि आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका गतिविधि बढाएको छ । मतदाता समक्ष मतदाता भेटघाट लगायतका कार्यक्रम गरी जसपाले आप्mना एजेण्डा मतदाता समक्ष .लगिरहेको छ ।
कार्यक्रम अन्र्तगत आज जसपाले कटारी नगरपालिका , ३ को च्याँगामा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वोल्दै उदयपुरको क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उमेद्वार सिद्धान्त राईले पार्टीको अभावलाई प्रविधि मार्पmत सवै समक्ष पुराउन आग्रह गर्नुभयो ।
पार्टीले आप्mनै पालामा रुपान्तरण सहितको राज्य निर्माणका लागि अघि बढ्नु पर्ने राईले बताउनुभयो । शासनसत्ता छोड्न शासकहरुलाई त्यति सजिलो नभएको भन्दै जनताहरु जगरुक बन्नुपर्ने राईले बताउनुभयो ।
त्यसैगरी उदयपुरको क्षेत्र नम्बर २ को प्रदेश सभा ख का उमेद्वार केशव मगरले विगतको आन्दोलन , जनयुद्धपछी लेखिएको अन्तरिम संविधानले लेखेको कुरा पनि कार्यन्वयन हुन नसकेको बताउनुभयो । उहाँले पहिचानको पक्षमा लागि परेको बताउँदै आगामी निर्वाचनमा प्रदेश १ को नामाकरणका लागि पहिचानको आधार बनाउन पनि मतदान गर्न आग्रह गर्नुभयो ।
उहाँले पार्टीको नीति सिद्धान्तलाई अध्ययन गर्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा विगतमा हामीले दिएको पुरानो पार्टीको मतले अहिलेसम्म परिवर्तन ल्याउन नसकेकाले मतदिंदा ख्याल भएर दिनुपर्ने युवा नेता यज्ञकुमार राईले बताउनुभयो । पार्टीले उदयपुर २ को प्रदेश सभा क मा घनश्याम कटुवाल चुनावि मैदानमा हुनुहुन्छ ।
पार्टीले जिल्लामा आप्mना गतिविधि बढाउँदै लगेको छ । मतदाता समक्ष पार्टीका धारणाहरु सार्वजनिक गर्दै मतदानमा सकृय भएर जसपालाई भोट दिन आग्रह गरिरहेको पार्टीले जनाएको छ ।


जनता भ्वाइस 







