जन्ताभ्वाईस सम्बाददाता
वुधबार , १६ कार्तिक , २०७९
कटारी / सहमति कार्यन्वयन नभएको भन्दै कटारी नगरपालिका १० का राजनीतिक दलहरुले वडामा आगामी निर्वाचन वहिष्कार गर्ने निर्णय गरेका छन् । गएको स्थानीय निर्वाचन वैशाख ३० मा प्रहरीको गोली लागि एकजनाको मृत्यु र एकजना घाईते भएको घटनामा भएको सहमति कार्यन्वयन नभएको भन्दै उनीहरुले निर्वाचन वहिष्कार गर्ने निर्णय गरेका हुन् । गएको शुक्रबार काँग्रेसका वडासभापति वलबहादुर खत्रीको अध्यक्षतामा वसेको वैठकले यस्तो निर्णय गरेको हो ।
निर्णय अनुसार निर्वाचन वहिष्कार गर्ने भएकाले कुनै पनि दलका उमेद्वारहरुलाई वडामा निर्वाचनका कार्यक्रममा रोक लगाईने भएको छ । स्थानीय चुनावमा मतदान सकिएलगत्तै मतपेटिका उठाउने क्रममा भएको विवादमा प्रहरीले एक्कासी गोली चलाएपछी स्थानीय वीरबहादुर कटुवालको घटनास्थलमै ज्यान गएको थियो । त्यसैगरी अर्का स्थानीय मोहनबहादुर श्रेष्ठ घाईते भएका थिए ।
घटनापश्चात कटारी १० को जनता कालिका मावि सोरुङ्ग मतदान केन्द्रबाट मतपेटिका उठाउन स्थानीयले दिएका थिएनन् । मतपेटिका नउठेपछी मतगणनामा समेत ढिलाई भएको थियो । घटनाको समस्या समाधान गर्नका लागि तत्कालिन प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादव सहितको सुरक्षा निकायको वार्तापछी सहमति मार्पmत मतगणना अघि बढेको थियो ।
त्यतिवेला यथाशिघ्र उच्चस्तरीय छानविन आयोग गठन गर्ने , दोषिलाई निलम्बन गरी कार्वाही प्रकृया अघि बढाउन गृह मन्त्रालयलाई लेखी पठाउने , मृतक परिवारलाई उचित क्षतिपूर्ति तथा मृतकलाई सहिद घोषणा गर्ने , घटनाका घाईते स्थानीय मोहनबहादुर श्रेष्ठलाई उपचार र क्षतिपूर्ति नेपाल सरकारबाट गराउने सहमति भएको थियो ।
यसअघि वडाको सर्वदलिय वैठकले दलको माथिल्लो तहको नगरकमिटीलाई निर्णय कार्यन्वयन गराउन दवाव दिंदै नगरलाई सहमति कार्यन्वयन नभए चुनाव प्रचार प्रसारका लागि वडामा नआउन जानकारी गराउन समिति समेत गठन गरेको छ । उक्त वडामा सम्पन्न स्थानीय निर्वाचनमा १४ सय ६८ मत खसेको थियो । उक्त मतदान केन्द्र जिल्लामै सुरक्षाका हिसावले संवेदनशील मतदान केन्द्र रहेको छ ।


जनता भ्वाइस 







