जन्ताभ्वाईस सम्बाददाता
आईतबार , १३ कार्तिक , २०७९
कटारी / आज छठ पर्व कटारीमा पनि धुमधामका साथमा मनाईदैंछ । कटारी स्थित तावा खोलामा अहिले छठ पर्व मनाउनेहरुको रौनक छ । ब्रतालुहरुले अहिले साझ ‘सझियाघाट’ मा अस्ताउँदो सूर्यको उपासना गर्दैछन् ।
आज साँझ ब्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्यहरु घर नजिकको पोखरी, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक छठी घाटमा पुग्नेछन् । नयाँनयाँ वस्त्र परिधान लगाएका ब्रतालुका परिवारका सदस्यले ब्रतालुको पूजा सामग्रीहरु राखिएको बाँसको छैंटी टाउकोमा बोकेर घाटसम्म लग्नेछन् ।
तावाखोलामा पछिल्लो समय तराईसँगै पहाडे समुदायले पनि धुमधामका साथमा छठ मनाउन थालेका छन् । यसको आकर्षण अहिले सवै समुदायसम्म पुगेको छ ।


जनता भ्वाइस 




















