images
images

उदयपुर , २ मा जितको दाबेदार रामकुमार राई को हुन् ?

ऋषि राई
शुक्रबार , ११ कार्तिक , २०७९
कटारी/ सिफारिसको काम परेर कटारी गाविसको कार्यालयमा पुग्नुभएका रामकुमार राईलाई तत्कालिन गाविस प्रमुखले त्यतिसजिलै सिफारिस दिनुभएन । आपसी कुराकानि भयो कुराकानिकै क्रममा गाविस प्रमुखले प्रमुख हुन त्यति सहज नभएको बताए ।‘यो कुर्सीमा वसेर काम गर्न गाहो छ भन्नुभयो त्यसपछी गहिरिएर सोचें ।’राईले भन्नुभयो –‘कस्तो हुँदो रहेछ त्यहाँ वस्दा भनेर राजनीतिमा सकृय भएँ ।’
परिणाम स्वरुप रामकुमार राईले २०५४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट गाविस अध्यक्षमा विजयी हासिल गर्नुभयो । ‘विशेष गरी त्यतिवेला देखि जनताको लागि नागरिकता बनाउने , बनमुद्दाका समस्या , मालपोतको काममा जनतालाई साथ दिईरहेको थिएँ ।’राईले भन्नुभयो –‘त्यसकारण पनि जनताले जिताए ।’
कटारी गाविसको अध्यक्ष पदमा हुँदा यस क्षेत्रको तटबाँधको काम गरी कृषकहरुको जग्गा जोगाएको , जनताद्वारा बाटो खन्ने अभियान अन्र्तगत हालको मदन भण्डारी राजमार्गको जिल्ला अन्र्तगतको ट्र्याक खोल्ने काम गरेको राईले बताउनुभयो । ‘आ आप्mनो गाविसमा सडक खनेर गाविस जोड्दै जिल्ला जोड्ने सडक खनेका थियौं ।’राईले भन्नुभयो –‘पद सकिएपछी पनि निरन्तर राजनीतिमा लागेर जनताको काम गरिरहेको छु ।’
आगामी प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ मा उदयपुरको क्षेत्र नम्बर २ बाट हाल रामकुमार राई स्वतन्त्र उमेद्वार हुनुहुन्छ । निर्वाचनको कार्यालयबाट माछा चिन्ह पाउनुभएका राई यस क्षेत्रमा निर्वाचनमा जित हासिल गर्ने माहोल बन्दै गएको बताउनुहुन्छ । स्वतन्त्र उमेद्वारी दिनुभएका राईको राजनीतिक यात्रा भने नेपाली काँग्रेसमा थियो ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति समेत रहनुभएका राईलाई पार्टीको नेतृत्वले पटक पटक झुक्काएपछी यस पटक स्वतन्त्तबाट निर्वाचनको मैदानमा होमिनुभएको हो । ‘२०७४ को स्थानीय निर्वाचनमा मेयरको आकांक्षी थिए , त्यसपछी गएको स्थानीय निर्वाचनमा पनि मेयरको आकांक्षी थिए जनताले मलाई जिताउँथे पनि तर पार्टीले टिकट दिएन् ।’राईले भन्नुभयो –‘यसपटक पनि प्रदेशमा टिकट दिने आश्वासन पाएको थिएँ तर दिएनन् ।’
राजनीतिलाई नै मूख्य पेशा बनाएर जनताको काम गर्दै आउनुभएका राईलाई जनताको काममा अल्छी नगर्ने अगुवाको रुपमा मतदाताले हेरेका छन् । ‘म त यहिं वसेर जहिले जनताको काम गरेको छु नि । ’राईले थप्नुभयो –‘यसपटक पनि जनताको दबाब र जनताको जनमतको कदर गर्नैपर्छ भन्ने लागेर स्वतन्त्र उमेद्वारी दिएँ ।’
२०२६ साल चैत्र २ गते खोटाङ्को तत्कालिन , दुर्छिम , ५ मा जन्मिनुभएका राईको पिताको नाम काँशिराज राई , आमा विष्णुमाया राई हो । हजुरबुवा डिल्लीशेर राई पटक पटक मन्त्री भईसकेका राजनीतिज्ञ हुनुहुन्थ्यो । हजुरबुवाले नै पहाडमा दुःख बढी र चामलको भात खान पाओस नातीहरुले भन्ने ठानेर हालको कटारी ५ स्थित बलाहामा जग्गा किनेर कटारी ल्याएका थिए ।
७ वर्षकै उमेरमा कटारी झरेका राई विद्यालयस्तरको पढाई काठमाडौंमा र कक्षा ८ देखि १० सम्मको पढाई कटारीमै गर्नुभएको हो ।कटारीमै कक्षा ८ मा पढ्दा गोपाल राई र अर्जुन खड्काबाट नेपाल विद्यार्थी संघमा आवद्ध भएर राईले राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । २०४७ सालमा काँग्रेसको कृयाशिल सदस्य भएर काम गरेका राई कटारीमा ज्ञानप्रसाद पराजुली सभापति हुँदा काँग्रेसको कार्यालय सचिव भएर समेत काम गर्नुभएको थियो ।
काँग्रेसमा लामो समय महाधिवेसन प्रतिनिधि , क्षेत्रीय सभापति , महासमिति सदस्य , जिल्ला सचिव भएका काम गरेको अनुभवका साथमा जनताको काम गरेकोलाई मूल्याकंन गरी टिकट दिनुपर्नेमा पार्टीका केहि व्यक्तिहरुले आफुलाई टिकट नदिंदा पदमा पुगेर काम गर्न नपाएको राईले बताउनुभयो । पिता काँशिराज राईले कटारीमा टेलिकमलाई जग्गा दिएको , विद्युत प्राधिकरणका लागि सव स्टेशनलाई कम मूल्यमा जग्गा उपलब्ध गराई कटारीमा विद्युत , संञ्चारमा टेवा पुराएको राई बताउँछद्धन् ।
त्यसैगरी कटारीकै चिहानघारीमा पवित्र मन्दिर बनाएको पिता काँशिराज राई राजनीतिमा सचेत व्यक्ति भएको राईको विष्लेषण छ । त्यहि क्रममा आफुले पनि कटारी ५ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको राईले बताउनुभयो । निर्वाचन जिते ५ वर्ष स्वतन्त्र नै भएर काम गर्ने प्रतिवद्धता जनाउँदै आएका राई सरकार गठनको क्रममा भने कुनै न कुनै दललाई सहयोग गर्न पाउनुपर्ने अवस्था आउने भएकाले त्यसलाई यस क्षेत्रको जनताले बुझिदिनु पर्ने राई बताउँछन् ।
सत्तागठबन्धन र नेकपा एमाले नै आप्mनो प्रतिष्पर्धि रहेको बताउने राई अहिले एक्लै पनि निर्वाचनको दौडानमा हुनुहुन्छ । लामो समय जनताको घरदैलो पुगिरेहका राईलाई यसपटक लामो समयपछीकै निर्वाचनको दौडमा जिताउलान हा पराजित गर्लान त्यो भने मंसिर ४ को निर्वाचनको परिणामले देखाउने नै छ ।