जन्ताभ्वाईस सम्बाददाता
आईतबार , ६ कार्तिक , २०७९
दुधौली /दुधौली नगरपालिका , ८ बटाहाको एक क्लबलाई खेलकुद सामाग्री प्रदान गरिएको छ।नेपाल खेलकुद महासंघ केन्द्रीय लेखा आयोगका सदस्य राजेन्द्र कार्कीद्वारा करिब १० हजार बराबरको नेट,फुटबल सहितका खेलकुदका सामाग्री प्रदान गरिएको हो।
आयोगका सदस्य कार्कीका अनुसार ब्यक्तिगत रुपमा सामाग्रीशरु प्रदान गरिएको हो ।खेलकुद बिकासका लागि र खेलकुदका लागि सामाग्री अभाब नहोस भनेर स्थानीय युवाहरुलाई सहयोग गरेको कार्कीले बताउनुभयो ।यो अभियान सिन्धुली जिल्ला भरीका क्लब र युवाहरुलाई खेलकुद बिकासका लागि हस्तान्तरण गर्दै जाने उहाँले बताउनुभयो।
खेलकुद सामाग्री पाएपछी क्लबका सदस्यहरुले अभावमा गुज्रिएको खेललाइ राहत भएको बताए ।आयोगका सदस्य कार्की समाजमा सेवा गर्दै आउनुभएको छ ।आगामी दिनमा देश र समाजका लागि सेवा गर्दै जाने पनि कार्कील्े बताउनुभयो।


जनता भ्वाइस 








