कटारी , ३ मा शुभकामना बाँड्दै राप्रपाका प्रतिनिधि सभा उमेद्वार वंशीधर न्यौपाने । तस्बिर /जन्ताभ्वाईस
जन्ताभ्वाईस सम्बाददाता
३ कार्तिक ,विहिबार , २०७९
कटारी / आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि उदयपुर , २ मा आप्mनो एजेण्डालाई जनता माझमा लगिरहेको छ । निर्वाचनका लागि दलहरु गाउँपसेका वेला राप्रपाले पनि गाउँतहका घरदैलोमा हलो चिन्हमा मत माग्न थालेको छ ।
राष्ट्रियता प्रजातन्त्र र उदारवाद नाराका साथमा भ्रष्टाचार गरेर खानु आमाको रगत खानु बराबर हो भन्ने मान्यतलाई मतदाता माझमा राप्रपाले पुराउन थालेको छ । महत्वपूर्ण चाड दिपावली नजिकिएसँगै मतदाताका घरदैलोमा राप्रपाले शुभकामना शन्देस वितरण गर्दै हलो चिन्हमा मत दिन आग्रह गरिरहेको छ ।
‘अहिले शुभकामना दिंदै घरगाउँ आईपुगेका हौं ’कटारी , ३ च्याँगामा भेटिनुभएका राप्रपाका उदयपुर २ का प्रतिनिधि सभा तर्पmका उमेद्वार वंशीधर न्यौपानेले भन्नुभयो –‘मतदातालाई शुभकामना साथै पार्टीको बारेमा सुनाउन मात्रै हिनेका हौं ।’
उदयपुर २ को प्रदेश सभा १ र २ तर्पm राप्रपाले कर्णबहादुर कार्की र माला तामाङ्गलाई उमेद्वार बनाएको छ । निर्वाचनको नतिजा आप्mनो पक्षमा पार्न नसकेपनि राप्रपाले नियमित निर्वाचनहरुमा पार्टीको प्रतिनिधित्व गर्दै आप्mना गतिविधिहरुलाई भने यस क्षेत्रमा निरन्तरता दिंदै आईरहेको छ ।


जनता भ्वाइस 







