जन्ताभ्वाईस सम्बाददाता
२ कार्तिक ,बुधबार , २०७९
कटारी / नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीमा जारी तेक्वान्दो प्रतियोगितामा विभागीय टिमबाट खेलेका कटारी २ गराँसका २ जनाले स्वर्ण जितेका छन् । विभागीय टिम सेनाबाट सन्ध्या सिंहले स्वर्ण हात पार्दा प्रहरीकी ईन्दिरा वस्नेतले पनि स्वर्ण जितेकी हुन् । महिला ५७ केजी तर्पm सिंह र ६७ केजी तर्पm वस्नेतले स्वर्ण हात पारेका हुन् ।
दुवै जनाले स्वर्ण जितेको तेक्वान्दोका प्रशिक्षक समेत रहेका सिंहका बुवा शंकर सिंहले बताउनुभयो ।‘दुवै जना गाउँदेखि नै राम्रा खेलाडी थिए अहिले स्वर्ण जितेका छन् ।’ गाउँबाटै खेल राम्रो भएपछी सिंहलाई आर्मीले ४ वर्ष अघि र वस्नेतलाई प्रहरीले २ वर्ष अघि लिएको थियो । दुवैले यसअघि पनि राष्ट्रिय अन्र्तराष्ट्रिय खेल खेलिसकेको पनि प्रशिक्षक सिंहले बताउनुभयो ।


जनता भ्वाइस 








