जनताभ्वाईस सम्बाददाता
१ कार्तिक , मंगलबार , २०७९
कटारी /कटारी नगरपालिका वडा नम्बर ४ का २६ व्यवसायिक कृषकहरुलाई टनेल वितरण गरिएको छ । वडाका कृषकहरुको अनुगमन गरी व्यवसायिक रुपमा कृषी गर्दै आएका कृषकहरुलाई टनेल वितरण गरिएको वडाध्यक्ष भूपेश तामाङ्गले बताउनुभयो ।
वडाका जनप्रतिनिधिहरु तथा कृषी शाखाको सामुहिक अनुगमनपछी उनीहरुलाई टनेल वितरण गरिएको हो । कटारी नगरपालिकाको कृषी कार्यक्रम अन्र्तगतको कार्यक्रमबाट वडामा आपैmले अनुगमन गरी टनेल वितरण गरिएको वडाध्यक्ष तामाङ्गले बताउनुभयो ।
व्यवसायिक रुपमा कृषी , तरकारी खेति गर्दै आएकाहरुलाई आज टनेल वितरण गरिएको हो । टनेल पाएपछी कृषकहरु थप कृषी कर्म गर्न हौसिएका छन् ।


जनता भ्वाइस 







