images
images

उदयपुर २ मा एमालेद्वारा भेटघाट कार्यक्रम तिव्र

ताप्लीगाउँपालिकामा भेटघाट गर्दै प्रदेशसभा २ का उमेद्वार जिवनाथ दाहाल ।
जनताभ्वाईस सम्बाददाता
३१ असोज , सोमबार , २०७९
कटारी /आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन मंसिर ४ नजिकिएसँगै उदयपुरको क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले चुनावि कार्यक्रमलाई तिव्रता दिएको छ । एमालेले यस क्षेत्रमा प्रतिनिधि सभाका लागि अम्बरबहादुर रायमाझी र क्षेत्रको प्रदेश सभा १ मा देवराज राई र २ मा जिवनाथ दाहाललाई उमेद्वार बंनाएको छ ।
सत्तागठबन्धनलाई मूख्य प्रतिष्पर्धि रहेको यस क्षेत्रमा एमालले आप्mनो चुनावि अभियानलाई तिव्रता दिएको हो । कार्यक्रम अन्र्तगत प्रतिनिधि सभा तर्पmका उमेद्वार रायमाझी र प्रदेश सभा २ का उमेद्वार दाहाल ताप्ली गाउँपालिकामा भेटघाट कार्यक्रममा व्यस्त रहेका छन् ।
ताप्ली गाउँपालिका अन्र्तगत ५ वडा रहेको गाउँपालिकाको ३ वटा वडामा घरदैलो सकेर वाँकी २ वडामा मतदता भेट्ने कार्यक्रम जारी राखेको निर्वाचन परिचाल समन्वय कमिटीको संयोजक ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । कार्यक्रममा जनताको उत्साहा एमाले प्रति धेरै रहेको पाईएको प्रदेश सभा २का उमेद्वार जिवनाथ दाहालले बताउनुभयो । ‘देश जनतालाई स्थायी विकास र समृद्धिका लागि एमालेलाई गाउँगाउँबाट मत दिन तयार रहेको पाईयो ।’दाहालले भन्नुभयो –‘प्रत्येक टोलमा एमालेलाई स्वागत गरेको पाईयो ।’
गाउँतहसम्म पुग्दा समृद्ध नेपाल र सुखी नेपाली नारालाई आत्मसात गर्दै एमालेलाई थप जिम्मेवारी दिन मतदाताहरुमा उत्साहा रहेको पाईएको प्रतिनिधि सभा तर्पmका उमेद्वार रायमाझीले बताउनुभयो । ताप्ली गाउँपालिका सकेर प्रतिनिधि सभाका उमेद्वार रायमाझी लिम्चुङ्बुङ्ग गाउँपालिका तर्पm लाग्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
त्यसैगरी एमालेका उदयपुर २ को प्रदेश सभा १ का उमेद्वार देवराज राई उदयपुरगढी गाउँपालिकामा मतदाता भेटघाटमा हुनुहुन्छ । गाउँपालिकाको मतदाताहरुसँग भेटघाटमा रहेका राईले गढी गाउँपालिकामा एमालेको शुभचिन्तकहरुले सफल रुपमा कार्यक्रममा साथ दिईरहेको बताउनुभयो । उदयपुरगढी सकिएपछी भोलिदेखि राईको कार्यक्रम रौतामाई गाउँपालिकामा हुनेछ ।
उदयपुरको २ नम्बर क्षेत्रमा ५ वटा स्थानीय तह रहेको छ । उदयपुरगढी , लिम्चुङ्बुङ्ग , रौतामाई , र ताप्ली गाउँपालिका र कटारी नगरपालिका रहेको यस क्षेत्रको कुल मतदाता ९३ हजार ४ सय २१ रहेको छ ।