images
images

दुईदशकपछी आप्mनै भवनमा सर्यो बन कार्यालय

जन्ताभ्वाईस सम्बाददाता
३१ , असोज , सोमबार
कटारी/ द्वन्दकालमा बम विष्फोटपछी विस्थापित बनेको उदयपुरको कटारी स्थित बन कार्यालय दुईदशकपछी आप्mनै आधुनिक भवनमा सरेको छ । २०६० सालमा तत्कालिन माओवादीले बम विष्फोट गरेपछी कटारी , ५ स्थित लालपुरमा रहेको बन कार्यालय विस्थापित भएको थियो ।
विस्थापित कार्यालय कटारी , ३ र ४ का विभिन्न घरहरुमा भाडामा लिएर संञ्चालनमा आएका थिए ।पछिल्लो पटक आधुनिक भवन बनेपछी भने यसै महिनादेखि डिभिजन बन कार्यालय कटारी (त्रिवेणी)ले आप्mनै भवनबाट सेवा दिन थालेको डिभिजन बनकार्यालयका प्रमुख डिभिजन बन अधिकृत विष्णुलाल घिमिरेले बताउनुभयो ।‘भाडाको सम्झौता पनि साउनमा सकियो त्यसपछी हामी आप्mनै भवनमा आयौं ।’अधिकृत घिमिरेले भन्नुभयो ।‘भवनको आन्तरिक केहि थोरै काम मात्रै बाँकी छ सवै तयार भएपछी हामीले आप्mनै भवनबाट सेवा दिन थालेका हौं ।’
प्रदेश सरकारको बजेटबाट दुई वर्षअघि निर्माण सुरु भएको भवनको काम अन्तिम चरणमा पुगेको हो । द्वन्दकालमा बम विष्फोट भएको पुरानो भवनसँगै आधुनिक र सुविधा सम्पन्न ४ तले भवन ०७७ साउन २९ गते सम्झौता भई सोही साल भदौदेखि निर्माण कार्य सुरु भएको थियो। २ वर्ष अर्थात २०८० साउन २८ गतेभित्र निर्माण सकेर हस्तान्तरण गर्ने सम्झौता भए पनि त्यसअघि नै भवन बनिसकेको हो । भवन निर्माणको जिम्मा भ्याटबाहेक ४ करोड ३० लाख ९८ हजार ८ सय ७९ रुपैयाँ ५९ पैसामा मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स बानेश्वर काठमाडौँले लिएको थियो ।
पुरानो डिभिजन भवन परिसरमा निर्माणाधीन भवन भित्रि बाहिरी दुवै आधुनिक र आकर्षक डिजाइनको छ। कार्यालय प्रमुख कक्ष, सशस्त्र वनरक्षक व्यारेक, कर्मचारी कक्ष, सभाहल भएको भवनको माथिल्लो तला प्रमुख आवास प्रयोजनमा उपयोग हुनेछ। चौथो तलासम्म जानका लागि विद्युतीय भर्याङ (लिप्mट)समेतको व्यवस्था रहेको छ ।
भवनको हरेक तलामा पुरुष महिला शौचालय, खानेपानीको सुविधा छ । उदयपुरमा लिप्mट सहितको सरकारी भवन यो नै पहिलो हो । लिफ्ट जडान भएकाले अपाङ्गता र अशक्त सेवाग्राही र बृद्धबृद्धालाई सहज र अपाङ्गमैत्री भवन निर्माण भएको हो । द्वन्दकालमा बम विष्फोटपछी जिर्ण बन्दै गएको भवन २०७२ सालको भूकम्पपछी झनै जिर्ण बनेपछी नयाँ भवन निर्माण गरिएको हो ।