जन्ताभ्वाईस सम्बाददाता
३० असोज ,आईतबार, २०७९
कटारी /आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सत्तागठबन्धनले चुनावि सम्पर्क कार्यालयको उदघाटन गरेको छ । आज उदयपुरको क्षेत्र नम्बर २ को गठबन्धनले कटारी स्थित भूगोलपार्कमा कार्यालयको उदघाटन गरेको हो ।
कार्यालय उदघाटन गर्दै गठबन्धनबाट उदयपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभाका उमेद्वार तथा एकिकृत समाजवादी पार्टीका उपसचिव जगन्नाथ खतिवडाले देश र जनता पहिलो हो भन्ने मान्यतलाई अघि बढाएर गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो । यो चुनाव सामान्य गणितमा अलमलिने नभई आगामी राजनीतिक स्थायीत्व , विकास र शुसासनका लागि भएकाले अविकासको अन्त्य गरेर एक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
सिंगो संसारले हेरिरहेकाले यो निर्वाचनपछी स्थायी सरकार चलाउने र शुसासनका लागि अग्रगामि चाल्ने भएकाले यो निर्वाचनमा सवैले एक भएर गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो । त्यसैगरी उदयपुर २ को प्रदेश सभा २ तर्पmका उमेद्वार नेपाली काँग्रेसका पूर्व क्षेत्रीय सभापति रामकुमार खत्रीले मतरुपी आशिर्वादले जितेर गएपछी शान्ति र स्थायीत्वको लागि सफल हुन चाहेको बताउनुभयो ।
त्यसैगरी मुलुकलाई स्वास्थ्य शिक्षालाई अघि बढाउनका लागि महत्वपूर्ण विषयवस्तुलाई लिएर गठबन्धन अघि बढेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका समानुपातिक उमेद्वार मिरा कटुवाल र माओवादी केन्द्रकी उमेद्वार भगवति खनालले पनि आफुलाई आप्mनो पार्टीलाई समानुपातिकमा भोट दिंदै गठबन्धनलाई जिताउन आग्रह गरे ।
कार्यालयको उदघाटन नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सभाषद नारायणबहादुर कार्कीको प्रमुख आतिथ्यताका साथै एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य तथा उदयपुर अध्यक्ष राममणी पोखरेल , पूर्व सभाषद भेषकुमारी राउत कोपिला लगायतका गठबन्धनकका नेता , कार्यकर्ताहरुको उपस्थितिमा भएको थियो । कार्यक्रमको स्वगत मन्तव्य राख्दै काँग्रेसका उदयपुर सचिव राजेशचन्द्र श्रेष्ठले सवै तिक्तता , असहमतिलाई विर्सेर गठबन्धनलाई भोट दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा दलहरुबाट भएको वैठकले १५ सदस्यिय निर्वाचन परिचालन मुल समिति गठन भएको पनि जानकारी गराईएको थियो । समितिको संयोजक मोहनबहादुर खत्री , सह संयोजक राजेशचन्द्र श्रेष्ठ र सचिव वेगबहादुर आले रहेका छन् । वैठकको निर्णय सुनाउँदै संयोजक खत्रीले टोलतहसम्म मातहतका समिति गठन गर्न सकिने बताउनुभयो ।


जनता भ्वाइस 








