images
images

सिमसार जाने सडक कालोपत्रे गरिने

प्राविधिकहरुका साथमा सडकको सर्वेक्षण गरिंदै नगरपालिकाका मेयर राजेचन्द्र श्रेष्ठ सहितको टोली । तस्बिर भानु गिरीको फेसबुकबाट साभार ।
जन्ताभ्वाईस सम्बाददाता
२८ असोज ,शुक्रबार २०७९
कटारी /कटारी , ५ स्थित सिमसार जाने सडकको स्तरोन्नती गरिने भएको छ । कटारी नगरपालिका , ४ को विकास चोकदेखि , वर्मजिया , सिमसार , तीनतले सडकसण्ड स्तरउन्नतीका साथै कालोपत्रे गरिने भएको हो ।
कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले सहरी विकास मन्त्रालयले बजेटमा ९७ लाख यस सडकका लागि छुटएको जानकारी दिनुभयो । त्यसैगरी प्रदेश १ को भौतिक पूर्वाधार मन्त्रालयले पनि ९७ लाख नै बजेट छुट्याएको पनि मेयर श्रेष्ठले जानकारी दिनुभयो ।
कटारीबजारबाट सिमसारसम्म जाने सडक कच्ची भएपछी यसलाई स्तरउन्नती गर्त मन्त्रालय तयार भएको हो । ‘दुईवटा बजेट छुट्टाछुट्टै हो की एउटै हो यकिन गर्दैछौं ’मेयर श्रेष्ठले भन्नुभयो –‘ दुवै बजेट आए कालोपत्रे गर्ने तयारीमा छौं ।’
यस अघि भौतिक पूर्वाधार मन्त्रालय प्रदेश १ बाट प्राविधिकहरु आएर यसको सर्वेक्षण गरिसकेका छन् । त्यसैगरी सहरी विकास मन्त्रालय अन्र्तगतका प्राविधिकहरुले समेत यस सडकको पहिलो चरणको सर्वेक्षण गरिसकेको छ ।
सिसाघारी सामुदायिक बन उपभोक्ता समितिद्वारा निर्मित र संञ्चालित सिमसार तथा पर्यापर्यटन क्षेत्रमा दैनिक सयौंको संख्यामा पर्यटकहरु पुग्ने गरेको समितिका संयोजक दिलबहदाुर अधिकारीले बताउनुभयो । मूख्यगरी कच्ची बाटोका कारण समस्या भएकाले सडक कालोपत्रे बने यो प्रदेश १ कै उदाहरणीय सिमसार बन्ने संयोजक अधिकारीको भनाई छ ।