images
images

डोकोमा फगिङ्ग मेसिन बोकेर गाउँमा लामखुट्टै नष्ट गर्दै कटारी

कटारी , १ को विकट गाउँ एक्लेसल्लामा ४ घण्टाको जंगलको बाटो डोकोमा मेसिन बोकेर जाँदै नगरको स्वास्थ्यकर्मी टोली । तस्बिर सौजन्य विवश पुर्वेली कान्छाको फेसबुक ।

जन्ताभ्वाईस सम्बाददाता
२८ असोज ,शुक्रबार २०७९
कटारी /कटारी नगरपालिकामा डेङ्गु संक्रमण बढ्दै गएपछी नगरपालिकाले लामखुट्टे नष्ट गर्ने अभियानलाई यस पटक गाउँतह सम्म पुराएको छ । नगरमा हालसम्म २९ जनामा डेङ्गु पुष्टि भएको छ । यसवीचमा नगरपालिकाले वडा वडाका गाउँहरुमा फगिङ्ग गरी लामखुट्टे नष्ट गरेको छ ।
१४ वटा वडा रहेको नगरपालिकाको पहाडी भेग तथा पैदल जंगलको बाटो छिचोलेर स्वास्थ्यकर्मी लामखुट्टे नष्ट तथा स्वास्थ्य परीक्षण गर्न पुगेका छन् । नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख शुरेस दाहालले शंकास्पद ज्वरोका विरामी देखिएपछी कटारी १ को विकट गाउँ एक्लेसल्लामा समेत स्वास्थ्यकर्मीको टोली पुगेको बताउनुभयो ।
कटारीका विकट गाउँमा नगरपालिकाको टोली डोकोमा फगिङ्ग मेसिन लिएर लामखुट्टे नष्ट गर्न पुगेको थियो । कटारी अस्पत्तालका सुचना अधिकारी नविन वस्नेतले अस्पत्तालमा नियमित ज्वरोका विरामी आउने गरेको बताउनुभयो । ‘ज्वरोमा पनि प्लेटलेस कम भएकालाई मात्रै डेङ्गु परीक्षण गर्ने गरेका छौं ।’वस्नेतले भन्नुभयो –‘ज्वरो आउने वित्तिकै डेङ्गुको शंका लागेर आउनेको संख्या बढ्दो रहेको छ ।’
सवारीसाधन नपुगेका विकट गाउँगाउँमा समेत डोकोमा आवश्यक सामाग्री ,मेसिन बोकेर नगरप्रहरीको टोली लामखुट्टे नष्ट गर्न पुगेको हो ।