images
images

नेपाली काँग्रेसले रामकुमार राई र उनका समर्थक प्रस्तावकलाई कार्वाही गर्यो

जन्ताभ्वाईस संवाददाता
२७ असोज , विहिबार ,२०७९
कटारी /उदयपुरको क्षेत्र नम्बर २ मा स्वतन्त्र उमेद्वारी दिनुभएका रामकुमार राईलाई नेपाली काँग्रेसले कार्वाही गरेको छ । राई सहित उदयपुरमा बागी उम्मेदवारी दिएका ५ जनालाई नेपाली कांग्रेस उदयपुरले ५ बर्ष सम्मको लागि पार्टीको साधरण सदस्य समेत नरहने गरी निस्काशन गरेको हो ।
राईले उदयपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । , उम्मेदवारी फिर्ता गर्ने समय सम्म पनि उम्मेदवारी फिर्ता नलिए पछि राई सहित समर्थक र प्रस्तावकलाई समेत पार्टीले निस्काशन गरेको छ । राई भने स्वतन्त्र उमेद्वारी दिंदै उदयपुर प्रदेश २ मा माछा चिन्हका साथमा निर्वाचनमा होमिनुभएको छ । नेपाली कांग्रेस उदयपुरका कार्यवाहक सभापती भिमचन्द्र राई द्धारा जारी विज्ञप्तीमा राईका समर्थक मिनकुमार दाहाल र प्रस्तावक लिलाराज अधिकारी लाई समेत पार्टीले निस्काशन गरेको छ ।
राई नेपाली काँग्रेसका क्षेत्रीय सभापति हुनुहुन्थ्यो । त्यसैगरी प्रदेश सभा १ क मा स्वतन्त्र उम्मेदवारी दिनुभएका जय प्रसाद सुवेदी र प्रस्तावक भरत कार्कीलाई पनि ५ बर्ष सम्मको लागि पार्टीबाट निस्काशन गरिएको छ । नेपाली कांग्रेसको विधान उल्लघन गरेको भन्दै सदस्य समेत नरहने गरी निस्काशन गरिएको नेपाली कांग्रेस उदयपुरले जनाएको छ ।