जन्ताभ्वाईस संवाददाता
२७ असोज , विहिबार ,२०७९
कटारी /कटारी , ५ स्थित सहिदहरुको शालिकमा माल्यापर्ण गर्दै जिवनाथ दाहालले चुनावि भेटघाट कार्यक्रम आजदेखि सुरु गर्नुभएको छ । नेकपा एमालेबाट उदयपुरको क्षेत्र नम्बर २ को प्रदेश सभा ख मा उमेद्वार बन्नुभएका दाहालले आजदेखि सहिदहरुलाई माल्यापर्ण गर्दै भेटघाट कार्यक्रम सुरु गरेको जानकारी दिनुभयो ।
सहिदहरुको सम्मान गर्दै उनीहरुको सपना पुरा गर्ने प्रतिवद्धताका साथ जनताको घरदैलोमा पुग्ने गरी अभियान थालेको दाहालले बताउनुभयो । ‘उहाँहरुले कोर्नुभएको बाटोमा महान परिवर्तनका लागि सहिदहरुप्रति श्रद्धा सुमन प्रकट गर्दै आजदेखि भेटघाट कार्यक्रम अगाडी बढाउँदैछु ।’दाहालले भन्नुभयो– ‘उहाँहरुले दिनुभएको योगदानले देशमा परिवर्तन आएको छ अव देशलाई समृद्ध बनाउन उहाँकै आशिर्वाद लिएर अघि बढेको छु ।’
३० वर्षकै युवा अवस्थामा एमालेको प्रदेशसभा उमेद्वार बन्नुभएका दाहाल अग्रजलाई सम्मान , युवालाई मतदान भन्दै युवा नेतृत्वलाई स्थापित गराएर देशलाई समृद्ध बनाउने अभिप्रायले अघि बढ्नुभएको छ । युवाअवस्थादेखि नै राजनीतिमा सकृय र समाजसेवामा अग्रसर भएकाले यस क्षेत्रमा दाहालको चर्चा युवापुस्तासँगै सवैसँग रहेको छ ।
देशमा राजनीतिक परिवर्तन ल्याउन यसक्षेत्रबाट ज्यानको आहुती दिने सहिदहरुको सालिक कटारी , ५ स्थित वर्मजियमा रहेको छ । सोही सहिदहरुको अर्धकदको सालिकहरु रहेको स्थानमा माल्यापर्ण गर्दै आजविहानदेखि दाहालले चुनावि कार्यक्रमलाई तिव्रता दिनुभएको हो ।


जनता भ्वाइस 







