images
images

स्वतन्त्रमा उठेका रामकुमार राईले पाए माछा र राममणी पौडेलले क्रस खुकुरी चुनाव चिन्ह

जन्ताभ्वाईस संवाददाता
२६ असोज , बुधबार ,२०७९
कटारी /आगामी मंसिर ४ गते हुन प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि उदयपुर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उमेद्वारी दिनुभएका रामकुमार राईले माछा चुनाव चिन्ह पाउनुभएको छ भने राममणी पौडेलले क्रस खुकुरी चुनाव चिन्ह पाउनुभएको छ ।
निर्वाचन तालिका अनुसार आज निर्वाचन अधिकृतको कार्यालय कटारीले अन्तिम नामावली र चुनाव चिन्ह टुंगाएको हो । जस अनुसार स्वतन्त्र उमेद्वारी दिएका राईलाई माछा र पौडेललाई क्रस खुकुरी चुनाव चिन्ह परेको हो ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति समेत रहनुभएका राईले यस पटक प्रतिनिधि सभामा स्वतन्त्रबाट उमेद्वारी दिनुभएको हो । त्यसैगरी लामो समय राजनीतिबाट अलग रहनुभएका पौडेलले पनि स्वतन्त्रबाट उमेद्वारी दिनुभएको हो ।
उहाँहरु सँगै सत्ता गठबन्धनबाट एकिकृत समाजवादीबाट जगन्नाथ खतिवडा , एमालेबाट अम्बरबहादुर रायमाझी , स्वतन्त्र पार्टीबाट अनिलकुमार श्रेष्ठ , नेपाली काँग्रेस विपीबाट केशवबहादुर पाण्डे , मजदुर किसान पार्टीबाट पूर्णबहादुर बुढाथोकी , मंगोल नेशनल अर्गनाईजेशनबाट भाष्कर राई , हाम्रो नेपालीपार्टीबाट लोकेन्द्रबहादुर कार्की , राप्रपाबाट वंशिधर न्यौपाने , जनजागरण पार्टीबाट विन्दाकुमारी कटुवाल र जनता समाजवादी पार्टीबाट सिद्धान्त राईले प्रतिनिधि सभामा उमेद्वारी दिएका छन् ।
उदयपुर क्षेत्र नम्बर २ को ख मा स्वतन्त्र उमेद्वारी दिनुभएका हेम दाहालले भने उमेद्वारी फिर्ता लिनुभएको छ । माओवादी केन्द्रका नगर समितिका ईन्चार्ज र १ नम्बर प्रदेश समिति सदस्य समेत रहनुभएका दाहालले गठबन्धनको मर्मलाई आत्मसात गर्दै उमेद्वारी फिर्ता लिएको जनाउनुभएको छ ।