फोटो साभार ईप्रका कटारीको फेसबुकपेजबाट ।
जन्ताभ्वाईस संवाददाता
२६ असोज , बुधबार ,२०७९
कटारी / उदयपुरको ताप्ली गाउँपालिका ३ मा लगाईएको वेवारिशे ३ हजार बोट गाँजा प्रहरीले फडानी गरी नष्ट गरेको छ । प्रहरी चौकी रामपुर झिल्केबाट प्रहरी सहायक निरीक्षक यज्ञबहादुर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले डाँडागाउँ , फुर्के , दगलेमा फेला परेको वेवारिशे गाँजा नष्ट गरेको हो ।
गाँजा नष्ट गर्ने अभियान नै सुरु गरेका ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताउनुभयो । अहिले मातहतका प्रहरीचौकीहरुबाट टोली खटाएका र आवश्यक परे ईलाका र जिल्ला प्रहरीबाट समेत टोली खटाउने तयारीमा रहेको पनि उपरीक्षक कार्कीले बताउनुभयो ।


जनता भ्वाइस 







