images
images

मृगौला पीडितलाई एमालेको आर्थिक सहयोग

जन्ताभ्वाईस सम्बाददाता
मंगलबार , २५ , असोज , २०७९
कटारी /दुवै मृगौला काम नलाग्ने भएका कटारी , ३ का हरि पराजुलीलाई नेकपा एमालेले आर्थिक सहयोग गरेको छ । एमालेको पार्टी सम्पर्क कार्यालयमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य प्रेम गौतमले पराजुलीलाई ५० हजार सहयोग गर्नुभयो ।
त्यसैगरी कार्यालयमा रहेका एमाले नेता कार्यकर्ताहरुले एकमुष्ठ १८ हजार सहयोग गरेका थिए ।डाईलिसिस गराउनु पर्ने र उपचारमा धेरै खर्च लाग्ने भएकाले पराजुलीलाई आर्थिक सहयोग गर्न पनि एमालेले आग्रह गरेको छ ।