उमेद्वारी दर्तापछी सामुहिक फोटो खिच्दै मगोल नेशनल अर्गनाईजेशनका प्रतिनिधिहरु ।
-ऋषि राई
मंगलबार , २५ , असोज , २०७९
कटारी / उदयपुरको क्षेत्र नम्बर २ मा आगामी मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनलाई सानादलहरुले पनि महत्वका साथ लिएका छन् । यसअघि जितको ईतिहास नभएपनि आप्mनो पार्टीको प्रतिनिधित्वका साथ मनोनयन दर्ता गराएका उनीहरुलाई पनि चुनाव लागेको छ । साना दलहरुले आप्mनो पार्टीमा कति मत ल्याउन सकिन्छ वा जित हारको अवस्थाका लागि पार्टीको अवस्था के छ भनेर मत परीक्षण गर्न पनि निर्वाचनमा उनीहरुले उमेद्वारी दिएका छन् ।
यस क्षेत्रमा ठूलो दलहरुको प्रतिष्पर्धालाई मात्रै नजरअन्दाज गरिरहँदा साना दलहरुले पनि आप्mनो पार्टीका लागि आउने मतको महत्वलाई सुरक्षित गर्ने रणनीति अपनाएका छन् । जसका लागि यस क्षेत्रबाट जनता समाजवादी पार्टीले प्रतिनिधि सभाका लागि सिद्धान्त राईलाई उमेद्वार बनाएको छ । एमालेसँग चुनावि तालमेल गरेको जसपाले तालमेल नभएका स्थानहरुमा उमेद्वारी दिई मित्रवत प्रतिष्पर्धा गर्ने जनाएपछी जसपाबाट राईले उमेद्वारी दिनुभएको हो ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वंशिधर न्यौपानेले प्रतिनिधि सभाको उमेद्वारी दिनुभएको छ । न्यौपानेले यस क्षेत्रको स्थानीय लगायतका विभिन्न निर्वाचनमा राप्रपाको नेतृत्व गर्दै राप्रपालाई यस क्षेत्रमा जोगाईराख्नुभएको छ ।
त्यस्तै प्रतिनिधि सभामै जनजागरण पार्टी नेपालबाट विन्दाकुमारी कटुवाल , हाम्रो नेपाल पार्टीबाट लोकेन्द्रबहादुर कार्की ,मंगोल नेशनल अर्गनाईजेसनबाट भाष्कर राई ,नेपाल मजदुर किसान पार्टीबाट पूर्णबहादुर बुढाथोकी नेपाली काँग्रेस विपीबाट केशवबहादुर पाण्डेले उमेद्वारी दिंदा यस पटकमात्रै उदाउँदै गरेको रवी लामिछानेको राष्ट्रिय स्वतन्त्रपार्टीबाट अनिलकुमार श्रेष्ठले उमेद्वारी दिनुभएको छ ।
सत्तागबन्धनबाट एकिकृत समाजवादीका जगन्नाथ खतिवडा , एमालेबाट अम्बरबहादुर रायमाझी ,स्वतन्त्रबाट रामकुमार राई र राममणी पौडेल गरी प्रतिनिधि सभाका लागि यस क्षेत्रमा १२ जनाले उमेद्वारी दिएका छन् । त्यसैगरी यसै क्षेत्रको प्रदेश सभा १ तर्पm जनता समाजवादी पार्टीबाट घनश्याम कटुवाल , राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कर्णबहादुर कार्की ,मंगोल नेशनल अर्गनाईजेशनबाट नरबहादुर थापा मगरले पनि उमेद्वारी दिएका छन् ।
मूख्य प्रतिष्पर्धामा भने सत्तागठन्धनबाट माओवादी केन्द्रका नारायण बुर्जा मगर र एमालेका देवराज राईलाई लिईएको छ । यस प्रदेश सभा १ मा ५ जनाको उमेद्वारी परेको छ । त्यसैगरी यस क्षेत्रको प्रदेश सभा २ तर्पm सत्तागठबन्धनबाट काँग्रेसका रामकुमार खत्री र एमालेका जिवनाथ दाहालको प्रतिष्पर्धालाई महत्वका साथ हेरिंदा साना दलबाट पनि उमेद्वारी परेको छ ।
जसमा जनतासमाजवादी पार्टी नेपालबाट केशव बहादुर मगर ,मंगोल नेशनल अर्गनाईजेशनबाट काँशबहादुर राई ,नेपाल मजदुर किसान पार्टीबाट पृथबहादुर तामाङ्ग ,राष्ट्रिय प्रजातन्त्रपार्टीबाट माला तामाङ्गले उमेद्वारी दिंदा हेमराज दाहालले स्वतन्त्रमा उमेद्वारी दिई यस प्रदेश सभामा ७ जनाले प्रतिष्पर्धा गर्ने भएका छन् ।


जनता भ्वाइस 







