images
images

को हुन् एमालेबाट प्रदेश सभामा जितको दावेदार ३० वर्षिय युवा जिवनाथ दाहाल

-रेनु पराजुली
२४ असोज , सोमबार , २०७९
कटारी /उदयपुरको क्षेत्र नम्बर २ मा प्रदेश सभा ख बाट नेपाल कम्युनिष्ठ पाटी (नेकपा)एमालेबाट ३० वर्षिय युवा जिवनाथ दाहालले उमेद्वारी दिनुभएको छ । कटारी , ४ स्थायी घर भएका युवा दाहालको उमेद्वारीले नेकपा एमाले भित्रको संसदिय राजनीतिमा नयाँ पुस्ताको उदय भएको पाईएको छ ।
एमालेमा उमेद्वारी पाउनका लागि निकै लामो सकसपछी पनि पार्टीले दाहाललाई विश्वास गरेर उमेद्वार बनाएको हो । २०४९ सालमा तत्कालिन उदयपुरको मंयखु गाविस हालको कटारी , १३ मा जन्मिनुभएका जिवनाथ दाहालको राजनीतिक यात्रा २०६४ देखि नै सुरु भएको थियो ।
२०६४ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वविवियु )प्रारम्भिक कमिटीबाट राजनीति थालेका दाहालले त्यसपछी क्रमश अनेरास्ववियुको क्षेत्रीय कमिटी अध्यक्षहुँदै उदयपुर जिल्लाको उपाध्यक्ष र केन्द्रिय कमिटी सदस्यसम्मको यात्राले यस क्षेत्रमा नेकपा एमालेलाई मजबुद बनाउन पहल गरिरहेको छ । संचारक्षेत्रलाई पेशागत रुपमा लिएका दाहालसँग लामो समय पत्रकारिताको अनुभव समेत छ ।
युके एफ एम १०६दशमलब ८ मेगाहर्ज कटारीलाई स्थापनाकालदेखि अघि बढाउँदै , कान्तिपुर टेलिभिजन , नयाँ पत्रिका दैनिकका साथै उदयश्रीमिडिया प्रालिद्वारा पनि दाहालले यस क्षेत्रमा संचारका माध्यमबाट सामाजिक चेतनाको विकासमा योगदान दिनुभएको छ । ३० वर्षिय युवा उमेरमै दाहालले कटारी नगरपालिका र ताप्ली गाउँपालिकामा विभिन्न कार्यक्रमहरु मार्पmत समाजसेवा गर्दै आउनुभएको छ ।
समाजमा रहेका विकृति विसंगति विरुद्ध डटेर लड्ने स्वाभावका दाहालले गरिब , असहाय समुदायलाई आर्थिक तथा भौतिक सहयोग समेत नियमित गर्दै आउनुभएको छ । ‘समाजमा परेका अप्ठ्यारा असजिलोहरुमा सकेको सहयोग गरेको छु ।’दाहालले भन्नुभयो –‘अझ शसक्त भएर यस क्षेत्रको सवैखाले विकासका लागि लड्नुपर्छ भन्ने मान्यताले उमेद्वारी दिएको हुँ ।’
विश्वव्यापी कोरोना संक्रमणको समस्यामा स्वास्थ्य क्षेत्रदेखि लिएर अनवरत दिनदुखीको समस्यामा अघि बढेर समाधानमा लाग्ने दाहाल एमाले भित्रैका पनि नराम्रोलाई नराम्रो र राम्रोलाई राम्रो भन्न सक्ने निडर युवा नेतृत्व हुनुहुन्छ । पछिल्लो समय युवाहरुलाई रोजगारी दिने , संगठित गर्ने , जनचेतनाको विकास गर्ने , सिप विकास गर्ने काममा तल्लिन युवा दाहालले शैक्षिक क्षेत्रमा पनि काम गर्दै आउनुभएको छ ।
मिलनसार ,कट्टर तथा आँटेताकेको काम पुरा गरेरै छाड्ने दृढ संकल्पले अघि बढ्ने स्वाभावका दाहाल यस क्षेत्रका युवा नेतृत्वमा चर्चित उमेद्वार हुनुहुन्छ । पार्टीमा आएका विचलन अप्ठ्यारा , असहजताकावीच पनि एमालेको लागि सतिसाल भएर उभिंदै जनताको काममा सेवक बनेर हिंडिरहनुभएका दाहाललाई यस प्रदेश सभाको सबै भुगोलको बारेमा प्रष्ट थाहा छ ।
यस क्षेत्रका हरेक पाटी , पौवा , पुल, पुँलेसा , चोक र गल्लीहरु , के वृद्ध , के युवा , के वालवालिका , के महिला सवै वर्गसँग दाहालले नजिकको सम्बन्ध छ । यस क्षेत्रका हरेक गाउँको माटोको सुगन्धले परिचित दाहाललाई यहाँको समस्या बारेमा राम्रोसँग थाहा छ ।‘हरेक वस्तीहरुको अनेकन समस्याहरु छन् यसलाई समाधान गर्ने योजना बनाएका छु ।’दाहालले थप्नुभयो –‘यसपटक जनताले मलाई काम गर्ने ठाउँमा पुराउने आशामा छु । ’
विजयको दावेदार उमेद्वार दाहाल यस क्षेत्रको मात्रै नभएर देशकै एउटा आशालाग्दो किरण बोकेर निस्किएको युवा हुनुहुन्छ । प्रदेश नम्बर १ को प्रदेशसभालाई अझ माथि उचाईमा पुराउन र जनताको सेवामा तल्लिन रहन यस पटक दाहालको पक्षमा जनता उभिनेछन् । राजनीतिमा युवाको आवश्यकता छ भनेर भन्ने मात्रै होईन व्यवहारमा लागु गर्न जनताको सेवा , र पार्टीमा निष्ठा बोकेर हिंडे केहि गर्न सकिन्छ भन्ने संकल्प बोकेर हिंडेका दाहाललाई जितको शुभकामना ।